वीरगन्जमा होलीलाई मर्यादित बनाउन जनचेतनामुलक र्‍याली

वीरगन्जमा होलीलाई मर्यादित बनाउन जनचेतनामुलक र्‍याली

वीरगन्ज : तराईमा निक्कै हर्षोल्लासका साथ मनाइने होली (फागूपूर्णीमा) पर्वमा केहि वर्ष यता विकृति र उच्छृंखलता भित्रिएको छ। 

 
सद्भाव र भाइचाराको पर्वका रुपमा मनाइने होली पर्वमा विकृतिहरु भित्रिएपछि त्यसैलाई मध्यनजर गरी यस वर्षको होली पर्व मर्यादित र सभ्य तरिकाले मनाउनका लागि आग्रह गर्दै वीरगन्जमा सोमबार  जनचेतनामूलकर्‍याली निकालिएको छ। 
 
होटल तथा पर्यटन व्यवसायी संघ पर्सा, पर्यटन पत्रकार संघ पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र समुदाय प्रहरी साझेदारी पर्साको संयुक्त आयोजनामा होलीको पूर्व सन्ध्यामा सोमबार जनचेतनामूलकर्‍याली निकालिएको हो। 

¥यालीमा सहभागीले ‘होली पर्वलाई सभ्य रुपमा मनाऔं, होलीको समयमा मादक पदार्थ सेवन नगरौं, इच्छा विपरित अरुलाई रंग नदलौं, होली पर्वलाई आपसी सद्‍भावका साथ मर्यादित बनाऔं’ लेखिएका जनचेतनामूलक प्लेकार्ड बोकेका थिए। 
 
¥यालीमा वीरगन्जका युवा युवती , महिला, विधार्थी, व्यपारी, सुरक्षाकर्मी, सन्चारकर्मी, राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधी, सामाजिक अभियन्ता लगायतको सहभागिता थियो।  

सोमबार बिहान घण्टाघरदेखि उत्तरतर्फ रहेको होटल रोयल प्यालेस परिसरबाट निकालिएको जनचेतनामूलकर्‍यालीले घण्टाघर , माइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै वीरगन्ज महानगरका विभिन्न भागको परिक्रमा गरेको थियो। 

महानगरको परिक्रमापछि पुन रोयल पार्टी प्यालेसमा पुगेरर्‍याली, होली मिलन समारोहमा परिणत भएको थियो। होली मिलन समारोहमा सहभागीहरुले रंग अबिर खेलेर एक अर्कालाइ होलीको शुभकामना आदान प्रदान गरेका थिए। 

विगत केहि वर्षका होली पर्वमा उच्छृंखल र अवान्छित गतिविधिहरु भएको र त्यसले समाजमै नकरात्मक असर पारेकाले यस पालीको होलीमा भने त्यस्ता विकृतिहरु नदोहोरियोस् भनेर जनतेतनामुलक र्‍याली निकालिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए।


    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.