चैत १८ देखि धावनमार्ग मर्मत : दैनिक ८५ उडान प्रभावित

चैत १८ देखि धावनमार्ग मर्मत : दैनिक ८५ उडान प्रभावित

काठमाडौं : धावनमार्ग मर्मतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८५ उडान प्रभावित हुने भएका छन्। मर्मतको काम चैत १८ बाट सुरु गरी तीन महिनामा पूरा गर्ने लक्ष्य छ। यसबाट दैनिक अन्तर्राष्ट्रिय वायुसेवाका २२ देखि २५ र आन्तरिक वायुसेवाका ६० उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गरेर धावनमार्ग मर्मत गरिँदै छ। तीन महिनासम्म आन्तरिक तथा बाह्य उडान दैनिक ९ घण्टा ठप्प हुनेछ। राति हुने अन्तर्राष्ट्रिय वायुसेवाका उडानलाई बिहान ८ बजेपछि र बिहान ८ बजेपछि हुने आन्तरिक उडानलाई दुई घण्टा पछाडि सार्नुपर्ने हुन्छ। यस कारण दिउँसो उडान चाप बढ्ने र व्यवस्थापन मिलाउनसमेत गाह्रोपर्ने विमानस्थल कार्यालयले अन्नपूर्णलाई जानकारी दिएको छ।

आन्तरिक वायुसेवाका नियमित उडानमा कम्तीमा १० देखि १५ प्रतिशतले उडान कटौती हुने भएका छन्। बाँकीलाई भने बिहान ८ बजे विमानस्थल खुलेदेखि राति १० बजेभित्रै मिलाउने गरी तयारी भएको विमानस्थलका उपनिर्देशक सीताराम भण्डारीले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार यो समयमा बिहान हुने लुक्ला उडान सबैभन्दा बढी प्रभावित हुने छ। यसका लागि आन्तरिक वायुसेवाले रामेछापबाट लुक्ला उडान गर्ने तयारी गरिरहेको छ।

आन्तरिक उडानका वायुसेवाको बिहान ६ देखि ८ बजेभित्र हुने करिब ६० वटा उडानमा लुक्ला, माउन्टेन फ्लाइट, सहरी क्षेत्रका विमानस्थललगायत छन्। अन्य उडानलाई केही समय पछाडि धकेल्दा फरक नपर्ने भए पनि लुक्ला उडान भने सामान्यताः बिहानै सकिने भएकाले बढी प्रभावित हुनेछ।

मर्मतका कारण दैनिक अन्तर्राष्ट्रिय वायुसेवाका २२ देखि २५ र आन्तरिक वायुसेवाका ६० उडान प्रभावित हुने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएका कारण विमानस्थल पूर्णरूपमा बन्द गर्नुपर्ने हुन्छ। हाल कतारले राति १ बजे, क्याथे प्यासिफक १० बजे, चाइना साउदर्न १० बजे, वायुसेवा निगम पौने १२ बजे, जेट एयर ११ बजे, मलेसियन एयर साढे १० बजे, मालिन्दो एयर पौने १० बजे र टर्किस एयरले बिहान ८ बजे उडान गरिरहेका छन्।

काठमाडौं आएका अन्तर्राष्ट्रिय वायुसेवा यात्रु ओराल्ने र राख्ने गरेर एक/डेढ घण्टाभित्रै फर्किहाल्छन्। कुनैकुनै वायुसेवा भने राति आएर भोलिपल्ट बिहान उडान गर्ने गरेका छन्। विमानस्थल बन्द हुने समयमा हुने अन्तर्राष्ट्रिय उडान सबै बिहान ८ बजेपछि र राति १० बजेभित्रै गराउनुपर्ने भएको छ।

रनवे मर्मतको समयमा हुने सबै उडानलाई आफ्नो अनुकूल समयमा गर्न तीन महिना अगाडि नै सूचना दिइएको प्राधिकरणले जानकारी दिएको छ। धावनमार्ग मर्मतको समयमा हुने उडान तालिका परिवर्तन गराएर स्वीकृत गराउने काम अधिकांश वायुसेवाको सकिएको भए पनि अझै केहीको बाँकी रहेको प्राधिकरणका उपनिर्देशक सुवास झाले बताए। कुनै पनि वायुसेवाले तीन महिनाअगाडि नै उडान तालिका स्वीकृत गरानुपर्ने भए पनि धानवमार्ग मर्मतको समयका लागि भने राति र बिहानको उडान पनि दिउँसो मिलाउनुपर्ने झाको भनाइ छ।

आन्तरिक वायुसेवाका सबै वायुसेवाको बिहानैदेखि उडान हुने गर्छ। धावनमार्ग मर्मता समयमा आन्तरिक वायुसेवाका लुक्ला र माउन्टेन फ्लाइट सबैभन्दा बढी प्रभावित हुनेछन्। बिहान ८ बजेभित्रै बुद्धका ६ देखि ७, यतीका ४, सिम्रिकका ४ र श्रीका दुईवटा माउन्टेन फ्लाइटमा हुने गरेका छन्।

कुनैदिन यस्तो उडान बढी र कुनै दिन कम हुने हुँदा दैनिक १५ देखि २० माउन्टेन उडान प्रभावित हुने सिम्रिक एयरका बजार निर्देशक प्रज्वल थापाले बताए। त्यसपछि बढी प्रभावित हुनेमा लुक्ला र सहरी क्षेत्रका (हब) विमानस्थल छन्। लुक्लामा मौसमको फेरबदल भइरहने र दिउँसो हावा बढी चल्ने भएका कारण बिहान नै उपयुक्त मानिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.