अमेरिकामा सीताको उपचार सकियो

अमेरिकामा सीताको उपचार सकियो

अमेरिका : नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका आइपुगेका थिए ।

सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको थियो । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि यहाँका चिकित्सकहरुले समेत उनलाई सोही रोग रहेको निर्क्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि दिएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुराइएको राजदूत डाक्टर अर्जुन कार्कीले जानकारी दिए । 

सीताको उपचारको सबै समन्वय वासिङटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उपचार प्रक्रिया सकिएकाले नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी, बिहिवार नेपाल पुग्नेगरी स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.