परीक्षा रद्ध भएको विरोधमा विद्यार्थी सडकमा

परीक्षा रद्ध भएको विरोधमा विद्यार्थी सडकमा

वीरगन्ज : माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान विषयको परीक्षा रद्ध भएको विरोधमा वीरगन्जमा विधार्थीहरूले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।

विज्ञान विषयको प्रश्नपत्र सप्तरीको एउटा परीक्षा केन्द्रबाट बुधबार नै ‘लिक’ भएको खुलेपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ का ८ जिल्लामा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्ध गरेको हो।

परीक्षा रद्ध गरिएको विरोधमा पर्सा जिल्लाबाट एसईई दिइरहेका विधार्थीले बिहीबार साँझ घण्टाघर चोकमा प्रदर्शन गर्दै दुई घण्टा सडक अवरुद्ध पारेका हुन्।

साँझ सवा ६ बजे नै घण्टाघर चोकमा करिब ५०० को संख्यामा भेला भएका विधार्थीले परीक्षा रद्ध हुँदा आफूहरूलाई मानसिक तनाव भएको भन्दै रद्ध गरिएको विज्ञान विषयको परीक्षा सदर गर्न माग गरेका छन्।

घण्टाघर चोकमा नाराबाजी गर्दै विधार्थीहरूले प्रदर्शन र सडक अवरुद्ध पारेपछि सडक खुलाउन प्रहरीले सामान्य बल प्रयोग गर्दा स्थिति तनावपूर्ण भएको थियो। सडक अवरुद्ध पारेर बसेका विधार्थीलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। लाठी चार्जा ५/६ जना विधार्थीलाई चोट लागेको छ।

राजनीतिक दल सम्बद्ध विधार्थी संगठनका नेताले प्रदर्शनकारीलाई सम्झाई बुझाई घर पठाएपछि राति सवा आठ बजेदेखि स्थिति साम्य बनेको प्रहरी निरीक्षक निशान थापाले बताए।

प्रदर्शनमा सहभागी त्रिजुद्ध मावि वीरगन्जका परीक्षार्थी हिमांशू मिश्रले भने, ‘जुन जिल्लामा पेपर आउट भयो, त्यहाँको मात्र परीक्षा रद्ध हुनुपर्छ, पर्सा जिल्लाको परीक्षा किन रद्ध गर्ने ? परीक्षा रद्ध हुँदा हाम्रो वर्षभरको मिहिनेत खेर गएको छ।

पर्सामा यसपटक सात हजार ८५७ विधार्थीले एसईई परीक्षा दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.