२२ लाख मुल्य बराबरको अवैध औषधिसहित चार पक्राउ

२२ लाख मुल्य बराबरको अवैध औषधिसहित चार पक्राउ

झापा : झापाको दक्षिण नाका कचनकवल १ स्थित अस्थाई प्रहरी चौकीस्थित कुटी भन्ने स्थानबाट अवैधरुपमा नेपाल भित्रिदै गरेको २२ लाख मूल्य बराबरको औषधिजन्य सामाग्री जिल्ला प्रहरी कार्यालय झापाको टोलिले १६ गते राति बरामद गरेको छ। 

उक्त नाकाबाट ड्युटीमा खटिएका प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए। 

बरामत भएका औषधि ब्रेष्ट्रिम आयल तेल ६० एम जि को ७ सय ९९ पिस, वरलिस्टयाट क्याप्सुल इि एस पि वरलिम्याक्स ३ सय १० क्याप्सुलको ५ कार्टुन गरी ३ सय ३५ पिस, फ्लोमिस्ट नसल स्प्रेको २ कार्टुनमा रहेको ९ सय ६० पिस, कारेपरोष्ट २ कार्टुनमा ३ सय पिस र सोही कार्टुनमा रहेका अमाग्रा १ हजार पिस, जुरीग १ कार्टुनमा रहेको १२ सय पिस र पि फोर्स ९ सय ९० पिस बरामद गरेको हो। बरामद भएका औषधि औषधि व्यवस्था विभाग विराटनगरलाई बुझाइने प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। 

मैनालीका अनुसार शंकास्पद अवस्थामा भारतीय नम्बर प्लेटको बिआर ३७ जि १४४० नम्बरको मोटरसाइकल, नेपाली नम्बर प्लेटको मे. ६ प १०१६ नम्बरको मोटरसाइकल र मे १ च ४०६३ नम्बरको मारुती भ्यानले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सामान फेला पारेको हो। 

सामानसँगै औषधि ओसार पसारमा संलग्नलाई पक्राउ गरिएको आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। पक्राउ पर्नेमा भारत जंगपुरी दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सम्दान हुसेन, सोहि ठाउँ बस्ने २२ वर्षीय इतियाज आलम र अर्का २८ वर्षीय ताहिर आलम रहेका छन्। उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.