‘बाउन्स चेक’ दिने पक्राउ
सिरहा : सापटी लिएको पैसा फिर्ता गर्दा ‘बाउन्स चेक’ दिने सप्तरीको राजविराज नगरपालिका १० का सागर कुमार साह पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानका अनुसार साहमाथि थप अनुसन्धानका लागि उच्च अदालत जनकपुर पठाइएको छ। साह राजविराजस्थित नेता चोकमा व्यवसाय गर्दै आएका छन्।
‘पटक पटक फोन, ताकेदा गरेँ’, उनले भने,‘साहले समयमाथि समय थपे। तीन महिना ढिलागरी चेक दिए। तर साट्न जाँदा खातामा पैसा थिएन।’
खातामा पैसा नै नभएको चेक दिएपछि बिहिवार रौनियारले इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए। जाहेरीपछि साह पक्राउ परेको लहानका डिएसपी राजेश थापाले जानकारी दिए।
उनीमाथि बैंकिङ कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।