कारागार भवनको पर्खाल भत्कियो

कारागार भवनको पर्खाल भत्कियो

डोल्पा : मंगलबार राति जिल्ला कारागार डोल्पाको पर्खाल भत्किएको छ। पर्खाल भत्किएपछि कारगारमा सुरक्षा चुनौती थपिएको छ।  जीर्ण भवन मर्मतका लागि केन्द्रमा पहल भए पनि सुनुवाइ नभएको गुनासो जिल्ला कारागार डोल्पाको छ। चार दशक पुरानो कारागारको कैदी भवन जीर्ण बनेको थियो। 

प्रमुख जेलर दिनेशकुमार रावत सम्बन्धित निकायले लामो समयसम्म गुनासोको सुनुवाइ नगर्दा पर्खाल भत्किएको बताउँछन्।  २० पुरुष र १० महिला राख्ने क्षमता भएको कारागारमा अहिले ३२ पुरुष कैदीबन्दी छन्। महिला बन्दी नभएकाले पुरुषलाई नै महिलाको थुनुवा घरमा राखिएको जेलर रावतको भनाइ छ। 

आर्थिक वर्ष ०७२÷०७३ देखि कारागारको नयाँ भवन बन्न थालेको भए पनि अहिलेसम्म काम सम्पन्न भएको छैन।  समयमा नयाँ भवन नबन्दा कारागार व्यवस्थापनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको भनाइ छ।

 
भवन डिभिजन कार्यालय सुर्खेतले समयमा नयाँ भवन निर्माणको काम नसक्दा यो समस्या भएको प्रजिअ केशरीको भनाइ छ।  भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर चन्द्र खड्काका अनुसार एक चरणको ठेक्का सम्पन्न भएको र फेरि अर्को चरणको ठेक्का खुला गरी निर्माण भएपछि मात्रै कारागार हस्तान्तरण हुने छ। 

माओवादी सशस्त्र द्वन्द्वका क्रममा २०७५ असोज ७ गते डोल्पा सदरमुकाम दुनै आक्रमण हुँदा माओवादीले कारागार तोडफोड गरेर कैदी भगाएका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.