चीनमा हस्तकला निर्यात बढ्यो

चीनमा हस्तकला निर्यात बढ्यो

नुवाकोट : चीन प्रवेशको एकमात्र नाका रसुवागढी हुँदै चीनतर्फ गरिने हस्तकलाका सामानको निर्यात बढेको छ। सन् २०१७ को सेप्टेम्बर १ देखि चीनले अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएको रसुवागढी नाकाबाट नेपाल हुँदै चीनतर्फ सबैभन्दा बढी हस्तकलाका सामान निर्यात भएको पाइएको छ।

काठमाडौंदेखि एक सय ५२ किलोमिटर उत्तर भोटेकोशी नदीको किनारामा रहेको रसुवागढी नाकाबाट सबैभन्दा बढी ह्याण्डी क्राफ्ट निर्यात भएको हो। चालु आर्थिक वर्षको फागुनसम्म यो नाका हुँदै कूल १० करोड ९४ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात भएको छ। रसुवागढीबाट कूल ९ हजार ५ सय १९ किलो हस्तकलाका सामान चीनतर्फ निर्यात भएको हो। रसुवागढी नाकाबाट निकासी हुने सामान दोस्रोमा बाँसका मुढा हुन्।

साउनदेखि फागुनसम्म कूल ६७ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको २७ हजार ८६ थान मुढा चीनतर्फ लगिएको छ। यस अवधिमा १५ करोड रुपैयाँ बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ। चालु आवको ८ महिनामा १५ करोड २१ लाख ९९ हजार एक सय मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ। सो नाकाबाट अम्रिसोको कुचो, काठको क्यारझुल, ह्याण्डी क्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्ध चित्त माला र रुद्राक्ष निर्यात हुने गरेको छ।

२०७२÷७३ मा २ करोड ७३ लाख ६७ हजार, २०७३÷७४ मा ३ करोड ४४ लाख ८६ हजार र २०७४÷७५ मा २ करोड ९७ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको सामग्री नेपालबाट रसुवागढी नाका हुँदै चीनतर्फ निर्यात भएको थियो। रसुवागढीवाट नेपालतर्फ स्याउलगायतका फलफूल, तयारी पोशाक, भाडावर्तन, जुत्ताचप्पल, श्रृंगारका सामग्री आयात हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.