धादिङको खनियाबासबाट १६ थान भरुवा बन्दुक संकलन

धादिङको खनियाबासबाट १६ थान भरुवा बन्दुक संकलन

धादिङ : जिल्ला प्रहरी कार्यलय धादिङले उत्तरी धादिङको खनियाबास गाउँपालिकाबाट १६ थान भरुवा बन्दुक संकलन गरेको छ। पछिल्लो समय विप्लव नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगाएसँगै गाउँमा भएका भरुवा बन्दुकको दुरुपयोग हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यलय धादिङले अवैध हातहतियार संकलन गर्न घरदैलो अभियान संचालन गरेको थियो।

अभियानअन्तरगत प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेसहित जिल्लाका सवै सुरक्षा निकायका प्रमुखको टोलीले खनियावास गाउँपालिका विभिन्न ठाउँबाट हतियार संकलन गरेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश विष्टले जानकारी दिए। 

गृह मन्त्रालयले स्थानीय प्रशासन र प्रहरीमार्फत व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ बैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो।सूचना जारी भएपछि गाउँगाउँमा पुगेर प्रहरीको टोलीले सचेतनामुलक कार्यक्रम गरी अवैध हतियार नराख्न र प्रहरीलाई बुझाउन आग्रह गरेको थियो।

लाइसेन्स नभएका हतियार संकलन अभियानभर बुझाएमा कुनै कारवाही नगर्ने प्रहरीले बताएपछि स्थानीयले सहज रुपमा हतियार बुझाएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले बताए।बैदवारले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत बैशाख ५ गतेभित्र बुझाएमा कुनै कारवाही नहुने जानकारी गराउन थालेपछि भरुवा बन्दुक संकलन भएको बताए।

लाइसेन्स नभएका बन्दुक र अवैध हातहतियार तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य बुझाउन जिल्ला प्रशासन कार्यलय धादिङले धादिङ जिल्लाबासीलाई आग्रह गरेको छ।

३५ दिने सार्वजनिक सूचना बेवास्ता गरी बैशाख ५ सम्ममा अवैधरुपमा विष्फोटक पदार्थ र हतियार नबुझाएमा त्यसपछि बरामद भएको खण्डमा हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइले एसपी बैदवारले जानकारी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.