बजेटको तयारी गर्न भन्दै सातै प्रदेश घुम्दै अर्थ समितिका सांसद

बजेटको तयारी गर्न भन्दै सातै प्रदेश घुम्दै अर्थ समितिका सांसद

काठमाडौं : संघीय संसद अन्तर्गत अर्थ समितिका सांसदहरुले बजेटको पूर्वतयारीका लागि अध्ययन गर्न भन्दै देशको पूर्व–पश्चिम यात्रा गर्ने तयारी गरेका छन् ।

समितिका सभापति कृष्ण दहालको संयोजकत्वमा टोलीले घुम्ने योजना बनाएको हो । आगामी आर्थिक वर्षको बजेट कार्यक्रमलाई सघाउ पु¥याउने भन्दै देशका विभिन्न भागमा भ्रमण गर्न लागेको दाहालले बताए ।

समितिको सोमबार बसेको बैठकले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेश हुनुअघि नै अर्थ समितिले सात वटा प्रदेशमा पूर्व बजेट छलफल गर्ने निर्णय गरेको हो ।

नयाँ वर्षको सुरुवातकै पहिलो सातादेखि टोलीको भ्रमण सुरु हुनेछ । पूर्व बजेट छलफल र स्थलगत अवलोकन कार्यक्रम पूर्वको झापादेखि पश्चिम धनगढीसम्म पुग्ने उनीहरुको कार्य तालिकामा उल्लेख छ ।

सांसद ज्ञानेन्द्र बहादुर कार्कीको संयोजकत्वमा १२ जना सदस्य सहितको उपसमिति गठन भएको छ । प्रदेश नम्बर १ को झापा र विराटनगर, प्रदेश नम्बर २ को जनकपुर र विरगञ्ज तथा प्रदेश ३ को हेटौंडामा भ्रमण गर्नेछ ।

यस्तै सांसद सुरेन्द्र पाण्डेको संयोजकत्वमा अर्काे १२ सदस्य सहितको उपसमिति बनेको छ । उनीहरुले गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर ५ को बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सूदुरपश्चिमको धनगढीमा कार्यक्रम गर्ने योजना छ ।

भ्रमणपछि दुबै उपसमितिले सुझाव सहितको प्रतिवेदन समितिमा बुझाउने छन् । सोही आधारमा समितिले सम्बन्धित निकायहरुमा निर्देशन दिने सभापति दहालले बताए । सम्बन्धित प्रदेशमा गएर स्थानीय तह र प्रदेशका पदाधिकारीहरुलाई बोलाएर अन्तक्रिया तथा छलफल गर्ने योजना बनाएको सभापति दहालले जानकारी दिए ।

कार्यतालिका अनुसार उनीहरुको भ्रमण आठ दिनसम्म हुने छ । समितिले भ्रमणका लागि दुईवटा भागमा टोली गठन गरेको हो । पहिलो टोलीले प्रदेश नम्बर १, २ र ३ मा कार्यक्रम गर्नेछ । बाँकी टोली गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश जानेछ ।

सांसदहरुले मुलुकका प्रमुख व्यापारिक नाका, भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा ठुला राष्ट्रिय गौरवका आयोजनाहरुको समेत अवलोकन गर्ने कार्यक्रम छ ।

निजगढ विमानस्थल, द्रुतमार्ग, बबई सिञ्चाई आयोजना, रानीजमरा कुलरीया सिंचाई आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा लुम्बिनी क्षेत्र विकास कोषको भ्रमण गर्ने सांसदहरुको कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.