भारतीय सहयोगमा २५ बेडको अस्पताल
सिरहा : भारत सरकारको २ करोड ६८ लाख रुपैयाँ सहयोगमा सिरहा नगरपालिका १६ मा २५ शैय्याको चन्द्रनारायण यादव मेमोरियल मेटर्निटी अस्पताल निर्माण भएको छ । अस्पतालको नवनिर्मित भवन नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले उद्घाटन गरेका छन् ।
स्वास्थ्य उपचार उपकरणहरु अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनरओटी, ३ डाक्टर कक्ष, १ नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा भुइँ तल्लामा शौचालय तथा आइसीयू, सीसीयू, र मेजर ओटी निर्माणमा समेत भारतीय सरकारले सहयोग गरेको हो ।
यसका साथै तीन करोड रुपैयाँ थप उपकरण खरिद र ओपिडी भवन निर्माणका लागि नेपाल सरकारको शान्ति मन्त्रालयबाट पनि सहयोग पाएको थियो ।