महोत्तरीमा बँदेल आक्रमण : ९ घाइते, सहयोग गरेन भन्दै प्रहरीमाथि ढुंगामुढा

महोत्तरीमा बँदेल आक्रमण : ९ घाइते, सहयोग गरेन भन्दै प्रहरीमाथि ढुंगामुढा

महोत्तरी : जंगली बँदेलको आक्रमणमा परेर महोत्तरीको बर्दिबासस्थित पशुपतिनगरमा ९ जना घाइते भएका छन्। उखुघारीबाट गाउँ पसेको बँदेलले आक्रमणमा गर्दा ३० वर्षकी घुरणी देवी महतोको अवस्था गम्भीर छ। 

बँदेलले आक्रमणले उनको घाँटी टाउकोमा गहिरो चोट छ। उपचारको लागि उनलाई जनकपुर लागिएपनि उपचार सम्भव नभएपछि धारान पठाइएको छ। सोही स्थानका २५ बर्षीय सुभाष आलेको भने जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

बँदेलको आक्रममा परेर घाइते भएकी स्थानीय ३५ बर्षीय कला देवी महतोको बाँया खुट्टा भाँचिएको छ। उनलाई उपचारार्थ  धनुषाको लालगढस्थित लालगढ मोडेल हस्पिटलमा भर्ना गरिएको छ। घाइते हुने अन्य श्रवण महतो, नथुनि महतो, विपिन महतो, भजन महतो, राजकुमार महतो र मंगल रामको समान्य घाइते भएका छन्। उनीयहरु गाउँको स्वास्थ्य केन्द्रमा उपचार गराएर घर फर्केका इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर अशोककुमार साहले जनाए।

भोकाएर खानाको खोजीमा गाउँ पसेका बँदेलले आतंक मच्चाउँदा भागाभाग भएको थियो। बँदेलले आक्रमन गर्न थालेपछि पशुपतिनगरका स्थानीयहरु नजिकैको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेशलाई गुहार मागेका थिए।  

प्रहरीले कुनै सहयोग नगरेको भन्दै आक्रोशीत स्थानीयहरुले वेशमा ढुङ्गामुढा गरेका छन्। बदेलमाथी प्रहरीले गोली किन प्रहार नगरेको भन्दै स्थानीयहरुले ढुङ्गामुढा गर्दै प्रहरीले सुरक्षाका लागि लगाएका घेराबेरा उखेल्दै सेन्टीमा बसेका एक जना प्रहरी जवान घाइते भएका छन्।

‘जनता असुरक्षित हुँदा सुरक्षा दिदैन भने प्रहरीको के काम,’स्थानीय महेन्द्र महतोले आक्रोस पोखे । आक्रमक बदेललाई नियन्त्रणमा लिन प्रहरीलाई दबाव दिन छलफल अगाडी बढाएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताए। उनले गाँउबासीलाई सर्तक रहन अनुरोध गरे। आक्रमक बदेल नियन्त्रणमा लिन सम्बन्धित निकायमा पहल गर्ने बर्दिबास नगरपालकाका मेयर बिदुर कुमार कार्कीले बताए।   
०००
घाइतेको उपचार अस्पतालमा हुँदै। तस्वीर, राजकरण महतो

आक्रोसित स्थानीयले ढुङ्गामुडा गरेपछी क्षतिग्रस्त सशस्त्र प्रहरी बेस क्याम्प । तस्वीर, राजकरण महतो


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.