टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु : टिपरमा आगजनी

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  :  टिपरमा आगजनी

नुवाकोट : नुवाकोटको पासाङल्हामु मार्गको बट्टारमा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ भने अर्का एक युवक घाइते भएका छन्। दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन्। 

    
पासाङल्हामु मार्गअन्तर्गत काठमाडौँ–त्रिशूली सडक खण्डको विदुर नगरपालिका वडा नं. २ बट्टार भीमसेनमार्गस्थित सडकमा बिहान बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। टिपरले किच्दा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दिवाकर खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। 
    
उनका अनुसार मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन्। गुप्ता मोटरसाइकल मिस्त्री हुन्। उनीहरु मोटरसाइकल मर्मत गर्न मालाकोटतर्फ जाँदै थिए। 
    
दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। आक्रोशित भएका मानिसले टिपर चालकको लापरवाहीले दुर्घटना भएको जनाउँदै टिपरमा आगजनी गरिदिएका छन्। 
    
पिपलटारबाट बट्टारतर्फ जाँदै गरेको टिपरले बट्टारबाट गंगटेतर्फ जाँदै गरेको मोटरसाइकललाई भीमसेनमार्गमा ठक्कर दिएको थियो। आगजनीबाट टिपर ध्वस्त भएको छ।  



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.