त्रिशूली थ्रिए अन्तिम चरणमा : वैशाखदेखि विद्युत् उत्पादन सुरु

त्रिशूली थ्रिए अन्तिम चरणमा : वैशाखदेखि विद्युत् उत्पादन सुरु

नुवाकोट : माथिल्लो त्रिशूली थ्रिए जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। लगभग ९८ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। सन् २०११ देखि त्रिशूलीको पश्चिमी किनारा नुवाकोट र रसुवाको सीमामा आयोजना निर्माण सुरु भएको हो। यो आयोजना ६० मेगावाट क्षमताको छ। नुवाकोट सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरमा निर्माण भइरहेको यस आयोजनामा १५० चिनियाँ र १५० नेपाली कामदार कार्यरत छन्।

छिमेकी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी (सीजीजीसी)ले निर्माण गरेको आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रो मेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रो मेकानिकलतर्फ ८८ प्रतिशत तथा प्रशारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख फणिन्द्र जोशीले जानकारी दिए। निर्माण सम्झौताअनुसार सन् २०१४ को अप्रिलमा सक्नुपर्ने आयोजना ६० बाट ९० मेगावाट बनाउने कि नबनाउने विवादमा परेर लम्बिएको हो। त्यसैगरी २०७२ सालको भूकम्पले बाँधस्थल र पहुँचमार्गमा क्षति पु¥याएकाले पनि निर्माण समय लम्बिएको हो।

आयोजना निर्माणका लागि सीजीजीसी कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपीसी) अवधारणामा सम्झौता भएको थियो। १२ करोड ५७ लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा भूकम्पले बाँधस्थल, पहुँच मार्गलगायतमा क्षति पु¥याएका ठेकेदारले क्षती दाबी गरिरहेको छ। असार अन्तिमसम्ममा विद्युत् उत्पादन गर्ने योजनाका साथ बाँकी निर्माण कार्य धमाधम भइरहेको छ।

आयोजनाका लागि निर्माण गरिएको बाँधको परीक्षण भएको छ। हरेक भागको छुट्टाछुट्टै परीक्षण गरेपछिमात्र सञ्चालनमा ल्याउनु पर्ने भएकाले बाँध परीक्षण गरिएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए। भूकम्पले क्षति पुगेको बाँधस्थलको परीक्षण सफल भएको उनको भनाइ छ। प्रमुख जोशीका अनुसार बाँधको तीन वटा ढोका थुनेर डिसेन्टर (पानी जमाउने पोखरी)मा पानी पठाउने काम भइसकेको छ।

बाँध परीक्षण गर्न त्रिशूली नदी थुनेर जमाइएको पानी ४८ घण्टासम्म राखिएको आयोजनामा उपप्रबन्धक ईन्जिनियर सत्यराम ज्याख्वाले जानकारी दिए। ‘निर्माण भएका सबै भौतिक, इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकलतर्फको सबै परीक्षण पुरा गर्नुपर्छ। तोकिएको अबधिसम्म परीक्षण गर्नुपर्छ’, उपप्रबन्धक ज्याख्वाले भने, ‘अर्कोसाताबाट सुरुङ परीक्षण शुरु गर्ने छौं।’

४५ दिनको परीक्षणपछि वैशाख १७ गतेदेखि पहिलो युनिटबाट ३० मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको उपप्रबन्धक ज्याख्वाले बताए। उनका अनुसार दोस्रो युनिटको ३० मेगावाट विजुली उत्पादन असार १५ गतेदेखि गरिने योजना छ। त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको आयोजनाको निर्माण भूमिगत बनाइएको छ। बाँधस्थलमा पुरै नदीमा बाँध बाँधिएको छ। माछा ओहोरदोहोर गर्न खण्डखण्ड (फिस ल्याडर) बनाइएको छ।

रसुवामा बाँध र नुवाकोटमा विद्युत्् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत्् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत्् उत्पादन परीक्षण सुरु भएकाले नुवाकोट र रसुवावासी उत्साहित भएका छन्। वैशाख १७ गतेदेखि पहिलो चरणको विद्युत्् उत्पादन गर्ने लक्ष्यका साथ चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण सम्पन्न भइसकेको छ। भूकम्पले क्षति पु¥याएकाले मर्मत गरी सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण चुनौती मानिएको थियो। ‘तीन ढोकामार्फत थुनिएको पानी सहजै डिसेन्टरमा प्रवेश गरेको छ, यो सुखद् पक्ष हो’, उपप्रबन्धक ज्याख्वाले भने।

क्षमता वृद्धिको विवाद, स्थानीयको विभिन्न माग एवं अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलो गरी आयोजना निर्माण अन्तिम चरणमा पु¥याइएको छ। यसबाट उत्पादित विद्युत्् केन्द्रीय प्रशारण लाइनमा जडान गर्न त्रिशूली–काठमाडौँ २२० केभीए ‘डलब सर्किट’ प्रसारण लाइन निर्माण समन्वयन र व्यवस्थापनको काम थ्रीए मार्फत भइरहेको छ। सो काम पनि ९५ प्रतिशतभन्दा बढी भइसकेको छ।

आयोजनामा नेपाल सरकार र नेपाल विद्युत्् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियत ऋणमा एक्जिम बैंक, चीनले वित्तीय व्यवस्थापन गरेको छ। आयोजना पूर्णरूपमा सञ्चालन आएपछि यहाँबाट उत्पादन हुने विद्युत््बाट वार्षिक तीन अर्ब आम्दानी हुने आयोजनाले जनाएको छ। ‘क्यू सेभेन्टी’ मोडलमा निर्माण गरिएकाले आयोजनामा लगानीको तुलनामा आम्दानी राम्रो लिन सकिने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.