नागरिकता नपाउँदा निरास
बर्दिबास : नागरिकता प्रमाणपत्र नपाउँदा महोत्तरी बर्दिबासका मुुसहर समुुदायका २२ वर्षीय मञ्जय सदा दुःखी छन्। नागरिकता नभएकैले उनले, सवारी लाइसेन्स लिन, सरकारी जागिर खान, रोजगारीका लागि विदेश जान र कुनै कामको थालनी गर्न पाएका छैनन्। मञ्जय जन्मसिद्ध नागरिकका सन्तान हुन्।
सर्वोच्च अदालतले मञ्जयजस्ता जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता नदिलाउन आदेश दिएपछि उनीजस्ता धेरै युवा झन् निरास बनेका छन्। जन्मसिद्ध नागरिकता दिलाउन गृह मन्त्रालयले चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। त्यसपछि गाउँलेहरूले नागरिकता लिन सबै कागजपत्र तयार पारे। सर्वोच्चको आदेशपछि यतिबेला उनीहरू थप चिन्तित बनेका छन्। सर्वोच्चले मुद्दाको फैसला नभएसम्म गृहको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ।
स्थानीय रेनुु मुुसहर भन्छिन्, ‘सरकारले नागरिकता दिँदा भँडुुवाहरूको आँखा लाग्यो। हामी गरिबको अब ज्यान लिन मात्र बाँकी छ।’
नागरिकता नपाउँदा एकीकृत नमुुना मुुसहर बस्तीका सञ्जय मुुसहरले गाडी चलाउने लाइसेन्स बनाउन सकेका छैनन्। उनका बुुवा लक्ष्मीको जन्मसिद्ध नेपाली नागरिकता छ। आमा मान्की मुुसहरको नाममा जग्गाको लालपुुर्जा छ। उनीहरू यहाँ चार पुस्तादेखि बसोबास गर्दै आएका छन्।
घरमा बिजुुली बत्तीको मिटर जडान छ। सञ्जयका सन्तान सरकारले खोलेको स्कुलमा अध्ययरत छन्। तर उनी नेपाली नागरिक बन्न पाएका छैनन्। ‘सरकारी सेवासुुविधा पाउन पनि नागरिकता नै चाहिन्छ,’ उनले भने, ‘नागरिकता भन्ने कागजले जीवनभर रुवाउने भयो।’
बर्दिबासस्थित एकीकृत नमुुना मुुसहर बस्तीमा ५५ परिवारका तीन सयको बसोबास छ। तीमध्ये मञ्जय मात्र बढी पढेलेखका युवा हुन्। सञ्जयका कान्छो भाइ मञ्जय बर्दिबास जनता बहुुमुुखी क्याम्पसमा स्नातक अध्ययनरत छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरमा मुुसहर समुुदायको जनसंख्या १३ लाख छ। तीमध्ये सात प्रतिशत मात्र साक्षर छन्।
‘नागरिकता नहुुँदा छात्रवृत्तिबाट वञ्चित हुुनुुपरेको छ,’ मञ्जयले भने, ‘छात्रवृत्ति पाउन बैंकमा खाता खोल्नुुपर्छ। खाता खोल्न नागरिकता नभई हुँदैन।’ छात्रवृत्ति कोटामा नाम निस्किए पनि बैंकमा खाता खोल्न नसकेर अवसर गुुमेको दुःखेसो उनको छ। अहिले अहिले स्थानीय सिद्धार्थ बोर्डिङमा गणित पढाउँछन्। नागरिकता नहुुँदा उनका सपना खुुम्चिएका छन्।मुसहर बस्तीका झुपडीलाई धुुर्मुुस–सुुन्तलीले महलमा परिवर्तन गरिदिए। सरसफाइको महŒव बुुझाए। जाँडरक्सीमा लिप्त समाजमा सचेतना जगाए। बालबालिकालाई विद्यालयसम्म पुु¥याउन अनेक उपाय अपनाए। मञ्जयले धुुर्मुुस–सुुन्तलीको अभियानलाई सघाए। त्यसैले मुुसहर बस्ती अहिले सफा र चिटिक्क छ।
जंगलबाट दाउरा ल्याएर बिक्री गर्नु मुुसहर समुदायको पुख्र्यौली पेसा हो। मञ्जयका बुुवाआमाले पनि त्यही गरे। मन्जयलाई भने गरिबी र अभावले सानै उमेरमा ठूलै पीडा दियो। पढेर दुुःख दुुर गर्छुु भन्ने अठोट उनको थियो। त्यसैले भोको पेट लिएर पनि थुुप्रै पटक विद्यालय पुुगे उनी।छिमेकीको सुुखद जीवन देखेर उनलाई लोभ लाग्थ्यो। ‘उनीहरु पढेका छन्, बुुझेका छन् र त सुुखी र खुुसी छन् भन्ने मलाई लाग्थ्यो,’ मञ्जयले भने, ‘बस्तीमा पढ् भन्ने कोही थिएन। धन्न ! मेरो बुुवाआमाले भने मलाई पढाउन सक्दो सहयोग गर्नुुभयो।’ पढ्का लागि बस्तीमा गतिलो वातावरण थिएन।
आधा रातसम्म जाँडरक्सी पिएर होहल्ला र झगडा गर्नेको बाहुुल्य थियो। उनी सम्झन्छन्, ‘पढ्नका लागि मैले आफ्नो दैनिकी नै परिर्वतन गरें। साँझ ६ बजे सुुत्थें, मध्यरात १२ बजे उठेर बिहान ४ बजेसम्म पढ्थें।’मञ्जयका बुवाआमाले ६० वर्ष उमेरपछि जन्मका आधारमा नागरिकता पाएका थिए। आमा र उनका दाइले २०६३ सालमा नागरिकता बनाए।
नयाँ संविधानअनुुसार नागरिकता ऐन नबन्दा मन्जय र उनीजस्ता हजारौंले नागरिकता पाएका छैनन्।‘जन्मदर्ता भएकाले पढ्न भने पाइरहेको छुु। नागरिकता पनि जन्मदर्ताको आधारमा बन्नुुपर्ने हो। तर नागरिकता बनेन। मान्छे मरिसकेपछि उपचार र उमेर गइसकेपछि नागरिकता के काम ? ,’ उनले प्रश्न गरे।