महोत्तरी पिपरा गाउँपालिका अध्यक्षको निधन
जनकपुर : महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ। उनको काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पिपरा गाउँपालिका कार्यकारी अधिकृत शम्भू ठाकुरले जनाए।
अस्वस्थ्य रहेका उनलाई एक सातअघि हस्पिटल भर्ना गरिएको थियो। ‘उहाँको गाउँमै दाहसंस्कार गरिन्छ,’ कार्यकारी अधिकृत ठाकुरले भने,‘काठमाण्डौंबाट उहाँको मृत शरीर ल्याउन लागिएको छ।’
राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी निर्वाचित भएका थिए। चुनाव जितेको समयदेखि अस्वथ्य थिए।