सन्दीपको पहिलो ओभर : बिना विकेट १५ रन

सन्दीपको पहिलो ओभर : बिना विकेट १५ रन

काठमाडौं : इन्डियन प्रिमियर  लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स  बैंगलोर(आरसीबी)लाई १८८ रनको चुनौती दिएको छ। अहिले आरसीबीले जवाफी ब्याटिङ गरिरहेको छ। 

टस जितेर ब्याटिङ रोजेको दिल्लीका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेले पहिलो ओभर बलिङ गर्दा बिना विकेट १५ रन दिए। सन्दीपको बलमा आरसीबीका ओपनर ब्याट्सम्यान पार्थिव पट्टेलले तीन चौका प्रहार गरे। उनले तीन चौकासँगै सन्दीपको बलमा १४ रन बनाए। आरसीबीका कप्तान विराट कोहलीले भने सन्दीपको बलमा एक रन मात्र जोडे। 

टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। अयरले ३७ बलमा ५२ रन बनाए भने धवनले समान ३७ बलमै ५० रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको ब्याटिङ गरे। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनाएको हो।

दिल्लीले राम्रो स्कोर बनाउन अन्तिम दुई ओभरमा  ३६ रन जोड्यो।  दिल्ली ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सले १२ खेलबाट १६ अंक जोडेको छ भने मुम्बई इन्डियन्सको ११ खेलबाट १४ अंक छ। 

अंक तालिकाको चौथो स्थानमा सनराइजर्स हैदरावाद छ। उसले ११ खेलबाट १० अंक बनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.