हराइरहेका आशकुमार झुण्डिएको अवस्थामा भेटिए

हराइरहेका आशकुमार झुण्डिएको अवस्थामा भेटिए

भक्तपुर : हराएको तीन दिनपछि भक्तपुर नगरपालिका १ भार्वाचो बस्ने ५० वर्षीय आशकुमार राजलवट झुण्डिएको अवस्थामा भेटिएका छन। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार वैशाख १२ गतेदेखि हराइरहेका राजलवट शनिबार साँझ भक्तपुर नपा १ चुनदेवीस्थित हनुमन्ते खोलाको किनारमा रहेको बाँसको झ्यांगमा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले राजलवट बाँसको झ्यांगमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको जानकारी दिए।

उनले मृतकको लास पोस्ट मार्टमको लागि भक्तपुर अस्पताल पठाइएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताए।

‘घटनास्थलमा सुसाइड नोट जस्ता कुनै पनि प्रमाण फेला परेको छैन’, उनले भने, ‘घटना घट्नुका कारणहरुको सूक्ष्म अध्ययन गरिरहेका छौं। उनले प्रयोग गर्ने मोबाइलमार्फत समेत अध्ययन गरिरहेका छौं।’

प्रहरीका अनुसार उनी घर तथा भवन निर्माण गर्नेसम्बन्धी काम गर्ने गर्थे।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.