कच्ची सडकको सास्ती : ६ किलोमिटर पार गर्न एक घण्टा लाग्छ
महोत्तरी : पिपरा गाउँपालिका–५ सहौडवाका पच्चु यादव (५५) दूध बेचेर जीविका चलाउँछन्। उनी विहानै ४ बजे उठ्छन्। साइकलमा दूधको ट्याङ्की झुन्ड्याउँछन् र, गाउँभरीबाट ५० लिटर दूध संकलन गर्छन्।
दूध संकलनपछि जनकपुरको यात्रा तय गर्छन्। उनको घरबाट जनकपुर ६ किलोमिटरको दुरीमा छ। त्यो दुरी पूरा गर्न उनलाई एक घण्टाभन्दा बढी लाग्छ। जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्डमा न ओरालो छ न त उकालो। तर, सकडको सास्ती उनलाई सहिसक्नु छैन।
९३ करोड बढी लागतमा निर्माणकार्य सुरु भएको सडक तीन वर्षभित्र बनिसक्नु पर्ने हो। निर्धारित सयम सकिन अब तीन महिना मात्र बाँकी छ। तर, सडक अझै बनिसकेको छैन।
पानी पर्दा हिलाम्य भएर सडक नै अवरुद्ध हुन्छ भने घाम लाग्दो धुलेले यात्रुकव् बेहाल हुन्छ। ‘वर्षामा बाटो हिलाम्य हुँदा साइकल चिप्लिन्छ,’पच्चु भन्छन्,‘साइकल डो¥याएर दूधको ट्याङ्की जनकपुर पु¥याउनु पर्छ।’ सुख्खा मौसममा पनि साइकलमा दूध लिएर हिड्नै गाह्रो हुने उनी बताउँछन्। ‘गाडीले धुलो उडाउँछ। आँखामा धुलो पस्छ। कसरी हिड्ने, हामीलाई हैरानी छ’ पच्चु सडकका दुःख पोख्छन्। हुलाकी सडक योजना अन्तर्गत सरकारले जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्डको साढे १८ किलोमिटर निर्माणको जिम्मा दुई ठेकेदार कम्पनीलाई दिएको थियो।
जनकपुरको दूधमतीदेखि कुटमेसरी नदीसम्म ९ किमि प्रतिभा वाईपी जेपी कन्स्ट्रक्सन कम्पनीलाई र कुटमेसरी नदीदेखि भिठ्ठामोडसम्म ९.७५ किमि सडक निर्माणको जिम्मा रोशन कन्स्ट्रक्सन कम्पनीलाई दिइएको थियो। सडक निर्माणकार्य राम्रोसँग नभएका कारण पिपरा गाउँपालिका–५ सहौडवाका शिक्षक भिखारी यादव चिन्तित छन्।
चार किलोमिटरको बाटो तय गरेर उनी राष्ट्रिय अधारभुत विद्यालय अलिपट्टी–२ पिपरा पुग्न उनलाई हम्यहम्य पर्छ्। ‘हामीले दिनहुँ धुलो खाइरहेका छौं। बाटो किनारका हामीहरुले सडक नबन्दा सास्ती भोगिरहेका छौं’ उनले भने। भिखारीका सहपाठी महेन्द्र हात्तिले निर्माणधीन सडकमा हिँड्दा शरीर नै काप्ने गरेका बताउँछन्। पिपरा–६ रतौलीका महेन्द्र भन्छन्,‘एकदिनमै स्कुल पोसाक फोहार हुन्छ। वर्षामा हिलो र हिउँदमा धुलोले बच्चालाई स्कुल आउजाउ गर्न कठिनाइ हुन्छ।’
पिपरा– ३ का ५६ बर्षे विल्टु दास सकडले दिएको सास्तीले पिरोलिएका छन्। घर अगाडीको सडक निर्माणमा ढिलाई हुँदा जीवन अस्तव्यस्त बनेको उनी बताउँछन्। ‘सडकको धुलो खाना र सुत्ने ओछ्यानमै पुग्छ’ दुई दशकदेखि सडकको दुराअवस्था ज्यूँका त्यूँ भएका कारण साह्रै गाह्रो भएको उनी बताउँछन्।
जलेश्वर नगरपालिका–९ पर्कौलीका ७५ बर्षे कुमरकान्त झाले २०२४ सालमा जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक खण्डमा एकलेनको सकड एक बर्षमा बनाएको सुनाए।
दुई दशकसम्म त्यो सडक टिकेको थियो। स्थानीयको आन्दोलनपछि ०७३ सालमा सोही जीर्ण सडक पुर्निर्माणको लागि सरकारले ठेक्का लगाएको थियो। ‘ठेक्केदारको कमजोरीका कारण सडक निर्माणमा ढिलाइ भयो,’उनले भने,‘तेजीले काम हुनुपर्छ।’