बैंग्लोर र राजस्थानको खेल नतिजाविहीन, ५ ओभरको खेलमा ह्यट्रिक विकेट

बैंग्लोर र राजस्थानको खेल नतिजाविहीन, ५ ओभरको खेलमा ह्यट्रिक विकेट

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)मा मंगलबार राति भएको रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल नतिजाविहीन बन्यो।  बैंग्लोरको घरेलु मैदानमा तय भएको खेलमा राजस्थानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो वर्षा भएपछि खेल निर्धारित समयमा सुरु हुन सकेन । लामो समय वर्षा भएपछि राति साढे ११ बजे मात्रै खेल सुरु भयो त्यो पनि ५ ओभरमा छोट्याएर ।

 पहिले ब्याटिङ गरेको बैंग्लोरले ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो । ६३ रनको लक्ष्य पछ्याएको राजस्थान ले ३.२ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाउँदा पुन वर्षा भएपछि खेल नतिजाविहीन बन्यो । दुवैले १–१ अंक बाँडे । थोरै ओभरको ब्याटिङ गर्न बैंग्लोरका लागि विराट कोहली र एबी डेभिलियर्स मैदानमा उत्रिएका थिए।

 आक्रमक ब्याटिङ गरी १.३ ओभरमा ३५ बनाएको थियो दोस्रो ओभरमा चौथो विराट कोहली आउट भएपछि बैंग्लोरले निरन्तर विकेट गुमायो । त्यसपछिका बलमा राजस्थानका श्रेयस गोपालले लगातार विकेट लिए । पाँचौ बलमा एबी डेभिलियर्स र छैटौं बलमा मार्कुस स्टुनिसलाई आउट गराई ह्राटिक विकेट लिए । 

३० बलको खेलमा ९ बलमा कुनै विकेट नगुमाई ३५ रन जोडेको बैंग्लोरले त्यसपछिका २१ बलमा ७ विकेट गुमाएर २७ रन मात्रै जोड्न सक्यो । 

अंक बाँडिएपछि बैंग्लोर प्लेअफबाट बाहिरिएको छ भने राजस्थानको भने सम्भावना बाँकी नै छ । दुवैले अब एक–एक खेल मात्रै खेल्न बाँकी छ । बंग्लोर ९ अंकका साथ तालिकाको पुच्छारमा छ । राजस्थान ११ अंक बनाई पाचौं स्थानमा छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.