१८ औँ वर्षमा अन्‍नपूर्ण पोस्‍ट्, उत्कृष्ट चार सहकर्मी पुरस्कृत

१८ औँ वर्षमा अन्‍नपूर्ण पोस्‍ट्, उत्कृष्ट चार सहकर्मी पुरस्कृत

काठमाडौं : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक १८ औं वर्षमा प्रवेश गरेको छ। अन्नपूर्ण मिडिया नेटर्वकले बुधबार आफ्नो पहिलो प्रकाशन अन्नपूर्ण पोस्ट्को १७ औं वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्णले व्यावसायिक प्रतिफल भन्दा पनि पाठकलाई निश्पक्ष र सही सूचना दिने कुरालाई प्राथमिकता दिएको बताए।

‘तपाईंहरुको परिश्रम र इमान्दारितालाई नमन गर्छु’,  पत्रकार र कर्मचारीको सम्मान र प्रशंसा गर्दै अध्यक्ष थापाले भने, ‘हामी व्यवसायिक प्रतिफल भन्दा पनि पाठक, स्रोता र दर्शकलाई निश्पक्ष र सही सूचना दिन निरन्तर लागि परेका छौँ।’

वार्षिकोत्सवको केक काट्दै नेटवर्कका अध्यक्ष क्याप्टेन थापा। 


अध्यक्ष थापाले अन्नपूर्ण पोस्ट्ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र लोकतन्त्रलाई अफ्नो धर्म मान्दै आएको बताए।

‘अन्नपूर्ण पोस्ट्ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र लोकतन्त्रलाई धर्म ठान्छ भन्ने कुरा स्थापित भइसकेको छ’, अध्यक्ष थापाले भने, ‘राष्ट्र रहे हामी रहने हो, राष्ट्रियता जोगिए हामी जोगिने हो।’ थापाले लोकन्त्रको रक्षा गर्नु अन्नपूर्ण मिडिया नेटवर्ककको दायित्व भएको उल्लेख गरे।

पाठक विज्ञापनदाता, विक्रेता र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै थापाले भने, ‘अब अन्नपूर्ण पोस्टसामू वयस्क उमेर पार गर्दाको चुनौती थपिएको छ।’

चार उत्कृष्ट सहकर्मी पुरस्कृत

उत्कृष्ट घोषित पत्रकार सुरेन्द्र काफ्लेलाई पुरस्कृत गर्दै अध्यक्ष थापा। 


वार्षिकोत्सवको अवसरमा चार उत्कृष्ट पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन्। पुरस्कृत चारै जनालाई थाइल्यान्ड भ्रमणको प्याकेज प्रदान गरिएको छ। पुरस्कृत हुनेमा सम्पादकीय विभागबाट पत्रकारहरू सुरेन्द्र काफ्ले (काठमाडौं) र राजकरण महतो (महोत्तरी) रहेका छन् । त्यसैगरी मार्केटिङ विभागका दिलिप तामाङ र वितरण शाखाका पत्रिका वितरक बाबुकाजी तण्डुकार पुरस्कृत भएका हुन्। पुरस्कृत सबै जनालाई थाइल्यान्ड भ्रमणको टिकट दिइएको छ।

२०६९ वैशाख १ देखि अन्नपूर्ण पोस्टको स्वामित्व नेपाल न्युज नेटवर्क इन्टरनेसनलले लिएको थियो। अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत अन्नपूर्ण पोस्ट् दैनिकसहित एपीवान टेलिभिजन, रेडियो अन्नपूर्ण नेपाल, अन्नपूर्ण पोस्ट् डट कम, सम्पूर्ण साप्ताहिक, अन्नपूर्ण एक्सप्रेस अंग्रेजी साप्ताहिक र अंकुर बाल साप्ताहिक छन्।

वार्षिकोत्सव समारोहका फोटोहरूः

उत्कृष्ट घोषित पत्रकार राजकरण महतो (महोत्तरी) लाई पुरस्कृत गर्दै अध्यक्ष थापा।


उत्कृष्ट घोषित मार्केटिङ विभागका दिलिप तामाङलाई पुरस्कृत गर्दै सीईओ मानस घिमिरे।


दायाँबाट क्रमशः सीईओ मानस घिमिरे, अध्यक्ष थापा, प्रबन्ध निर्देशक लक्ष्मी पौडेल, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापा।


उत्कृष्ट घोषित पत्रिका वितरक बाबुकाजी तन्डुकारलाई पुरस्कृत गर्दै प्रधान सम्पादक हरिबहादुर थापा।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.