भारतबाट उद्दार गरिएका २३ महिला नेपाल फिर्ता

भारतबाट उद्दार गरिएका २३ महिला नेपाल फिर्ता

काँकडभिट्टा : भारतको मिजोरमबाट उद्धार गरिएका २३ नेपाली महिलालाई नेपाल फिर्ता ल्याइएको छ। उनीहरुलाई बिहीबार पूर्वी नाका झापाको काँकडभिट्टा हुँदै नेपाल ल्याइएको हो।उद्धार गरिएको स्थान मिजोरम बर्मासँग सीमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य हो। 

विभिन्न दलालको माध्यमबाट बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएका ती महिलालाई मिजोरमको चम्फी भन्ने स्थानबाट भारतीय संस्था र मिजोरम पुलिसले ६ दिनअघि स्थानीय नेपाली भाषीको सुराकका आधारमा उद्धार गरको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव कृष्णप्रसाद भुसालले बताए।

भारतीय नागरिक नेपाली भाषी एजेन्ट लालबहादुरले उनिहरुलाई सो स्थान पुर्‍याएको खुलेको उनको भनाई छ। सो नाकालाई माध्यम बनाएर दक्षिणपूर्वी एसियाली मुलुक लैजान तयारी भइरहेको समयमा एजेन्ट लालबहादुरलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाएका छन्। उनको समूहमा अन्य एजेन्ट पनि रहेकाले अनुसन्धान भइरहेको बताइएको छ। 

पूर्वोत्तर भारतको मणिपुर, मिजोरम र नागाल्याण्ड राज्यको सीमाना बर्मासँग जोडिन्छ।पछिल्लो घटनापछि मणिपुरको मोरे सीमानामा गरिएको कडाईका कारण दलालले अर्को रुट प्रयोग गरेको देखिएको छ।

केही महिनाअघि पनि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १ सय ७८ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको थियो। पछिल्लो पटक उद्धार गरिएका २३ जनालाई चार दिन लगाएर बसमार्फत बिहीबार काँकडभिट्टा नाका हुँदै शक्ति समूह, माइती नेपाललगायतका संस्थाको पहलमा नेपाल ल्याइएको छ।

भारतीय प्रहरी ती संस्थाले बिहीबारनै मन्त्रालयका उप-सचिव भुसाललाई माइती नेपालमा कागजातसहित ती महिला जिम्मा लगाएको छ। उनीहरुलाई केही समय काँकडभिट्टामा रहेको माइती नेपालको सेफ होममा राखिने र त्यसपछि काठमाडौं लगि नेपालमानै परिवार र काममा पुनःस्थापित गर्ने तयारी रहेको उप-सचिव भुसालले बताए। 

महिलालाई नेपालबाट सोस्थानसम्म अबैध बाटोको प्रयोग गर्दै लैजाने व्यक्तिको पहिचानका लागि पनि प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ।उद्धार गरिएकामा झापासहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समूहका महिला रहेका छन्।बसमार्फत बिहीबार नेपाल ल्याइएका २३ नेपाली महिलालाई काँकडभिट्टास्थित माइती नेपालको सेफ होममा लगिंदै। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.