५ तस्बिरमा हेर्नुहोस् संरक्षणको पर्खाइमा रहेको पातालभुमेश्वर धाम

५ तस्बिरमा हेर्नुहोस् संरक्षणको पर्खाइमा रहेको पातालभुमेश्वर धाम

बैतडी : दशरथचन्द राजमार्गदेखि आधा घण्टाको पैदलदूरी हिँडेपछि पुगिन्छ पातालभुमेश्वर धाम। सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको सीमानामा अवस्थित पातालभुमेश्वर धाम परापूर्व कालमा सतीदेवीको पैतला खसेर धामको रुपमा स्थापित भएको किम्बदन्ती छ।

कहिले नसुक्ने ताल, प्राकृतिक गुफा,घना जंगलको बीचमा पातालभुमेश्वर मन्दिर रहेको सो धाम प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ। पातालभुमेश्वर परिसरमा थुप्रै गुफा रहेका र ती मध्ये मुख्य गुफा दक्षिण एसियाकै लामो गुफा भएको फ्रान्सेली गुफा विशेषज्ञको टोली बताएको स्थानीय मोहनबहादुर बिष्टले बताए। 

उनले भने, 'पातालभुमेश्वरमा दक्षिण एसीयाकै लामो गुफा हुनसक्छ भनेर गुफा विशेषज्ञको टोलिले जानकारी दिएको भएपनि अध्ययन अनुसन्धान नहुँदा धाम ओझेलमा पर्दै गएको छ।'

पातालभुमेश्वर धाम परिसरमा रहेको प्राकृतिक ताल कहिले नसुक्ने र यो ताल कति गहिरो छ भन्ने स्पष्ट नभएको बिष्टले बताए । अग्लो डाँडाको बीचमा प्राकृतिक ताल र यसमा बाह्रैमास पानी हुनु रहस्यको कुरा भएको उनले बताए। उनले भने, 'एक पटक बालसन्त मोहनशरण देवाचार्य पनि यो ठाउँमा पुगेका थिए।उनले यो ताललाई सीताकुण्डको रुपमा विश्लेषण गरेका थिए।'

पातालभुमेश्वर गुफा धार्मिक हिसाबले पनि अत्यन्तै महत्वपूर्ण गुफा भएको स्थानीय नरेन्द्रबहादुर बिष्टले बताए। उनले भने, 'पातालभुमेश्वर गुफा भएर पाण्डव वनवास गएको भन्ने किम्बदन्ती पनि रहेको छ। यस्तो धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्रको संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयहरु बताउँछन्।

पातालभुमेश्वरमा पछिल्लो समयमा विवाह,ब्रतबन्ध अन्य धार्मिक कार्य तथा वनभोजका लागि रोजाई पर्ने गरेको भएपनि बाटो,पानी र आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ। 

पातालभुमेश्वर धामको प्रचारप्रसारका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका उपाध्यक्ष लीला बिष्टले बताइन्। उनले भनिन्,'हामीले पातालभुमेश्वर क्षेत्रको सीमांकनका लागि पहल गरिरहेका छौं।यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि हामीले पहल गरिरहेका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.