सन्दीपलाई खेलाएको भए दिल्लीले इतिहास रच्‍न सक्थ्यो ?

सन्दीपलाई खेलाएको भए दिल्लीले इतिहास रच्‍न सक्थ्यो ?

काठमाडौं : टी–२० क्रिकेट लिग मध्ये इन्डियन प्रिमियर लिग(आईपीएल) विश्वकै सबैभन्दा महंगो लिग हो। विश्वमै सबैभन्दा धेरै क्रिकेटको क्रेज भएको भारतमा विश्वका उत्कृष्ट खेलाडीहरू समावेश हुने भएकाले क्रिकेटका पारखीलाई त्यो निकै रोचक प्रतियोगिता हो। आक्रामक ब्याट्म्यानहरूले निरन्तर छक्का, चौका वर्षाएको हेर्न पाउनु पनि आईपीएलको एक मज्जा हो।

 
क्रिकेट मन पराउने नेपालीहरूका लागि त आईपीएल पहिलेदेखि नै आकर्षणको विषय थियो। यसको ११औं संस्करणदेखि आईपीएलले धेरै नेपालीको मन तान्न सफल भयो। जसको कारण थियो नेपालका १७ वर्षीय लेग स्पीनर सन्दीप लामिछानेलाई दिल्लीले आफ्नो टोलीमा भित्र्याउनु  ११ औं संस्करणको पछिल्ला तीन खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरी सबैको मन जित्न सफल भए। त्यसपछि उनले विभिन्न देशमा भएका अधिकांश ठूला फ्रेन्चाइज लिगमा खेल्ने मौका पाए। ती सबैमा राम्रो प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले १२ औं संस्करणमा पनि आफ्नो टोलीमा यथावत राख्यो। 

आईपीएलको १२औं संस्करणमा भने तारिफयोग्य तरिकाले जम्न सकेनन्। दिल्लीले यस सिजनको आईपीएलमा १६ खेल खेल्यो। त्यसमध्ये ६ खेलमा सन्दीपले मौका पाए। त्यसमा उनले ८ विकेट लिन सफल भए पनि बलिङ इकोनोमीमा भने सुधार गर्न सकेनन्। तसर्थ टोलीले उनलाई खेलमा निरन्तर मौका दिएन।

शुक्रबार दोस्रो क्वालिफयरमा दिल्ली पराजित भई पहिलो पटक आईपीएलको फाइनल पुग्ने मौका गुमायो। आईपीएलको टोलीमा फाइनल पुग्न नसक्ने दिल्ली मात्रै एक मात्र टोली  हो। 

सन्दीप सहभागी भएको भए के हुन्थ्यो ?

राम्रो प्रदर्शन गर्न नसकेकाले महत्वपूर्ण खेलमा दिल्लीले सन्दीपलाई समावेश गरी जोखिम मोल्ला भन्ने अनुमान गर्नसक्ने अवस्था थिएन्। अनुमान गरेजस्तै सन्दीप टोलीमा समावेश भएनन्। इलिमिनेटर खेलमा हैदराबादसँग उतारेकै टोली मैदानमा उतार्‍यो। चेन्नईविरुद्ध सन्दीप नयाँ बलर भएको र गतसाल पनि चेन्नईसँग खेल्दा राम्रो प्रदर्शन गरेकाले सन्दीपलाई मैदानमा उतार्छ की भन्ने झिनो सम्भावना थियो। 

 खेल सुरु हुनु अगाडी कप्तान श्रेयस अयरले महत्वपूर्ण खेलमा नयाँ खेलाडीलाई प्रेसर दिनु त्यति ठीक नहुने भएकाले टोलीमा परिवर्तन नगरिएको प्रतिक्रिया दिए। शुक्रबारको खेलमा दिल्लीको ब्याटिङ नै हारको मुख्य कारण बन्यो। तर बलिङमा पनि अलिकति कन्ट्रोल गर्न सकेको खण्डमा दिल्लीले चेन्नईलाई त्यति मै पनि रोक्न सक्ने अवस्था देखिएको थियो। यस खेलमा वेस्ट इन्डिजका किमो पउलको सट्टा सन्दीपलाई खेलाएको भए जितको सम्भावना देखिन्थ्यो ।

पउलले ३ ओभरमा ४९ रन दिएर महंगो बलिङ गरी कुनै विकेट लिएनन्। उनले १३ औं ओभरमा मात्रै २५ रन दिए। दिल्लीका २ स्पीनर अमित मिश्रा र अक्सर पटेलले राम्रो बलिङ गरेकाले सन्दीपले पनि पउललेभन्दा सस्तो बलिङ गर्ने सम्भावना थियो। ३ ओभरमा सन्दीपले ३० रन दिएको भएपनि चेन्नईका लागि यही गतिले ब्याटिङ गर्दा अन्तिम ओभरमा कम्तिमा १५ रन बनाउनु पर्नेहुन्थ्यो। यसलाई दिल्लीका बलरले रोक्ने सम्भावना धेरै थियो। 

सुरुमा स्पीनरमाथि आक्रमण गर्न प्रयास गरेपनि पछि चेन्नईका ब्याट्सम्यानले स्पीनरमाथि धेरै रन बनाउन सकेनन्। सन्दीपको आईपीएलमा अहिलेसम्मको सबैभन्दा खराब बलिङ बैंग्लोरविरुद्ध ३ ओभरमा ३६ रन दिनु रह्यो। पउलले शुक्रबारको खेलमा १६ भन्दामाथिको इकोनोमिमा बलिङ गरे।  त्यस कारण पनि शुक्रबारको खेलमा सन्दीप खेलेका भए उनले १० को इकोनोमीभन्दा बढी रन दिने सम्भवना कमै देखिन्थ्यो। अझ उनले यसभन्दा राम्रो बलिङ गरेको खण्डमा त दिल्लीले चेन्नईलाई रोक्ने सम्भावना थियो। 

अघिल्लो खेलमा अन्तिम २ बल बाँकी छँदा जितका लागि २ रन चाहिएको अवस्थामा चौका प्रहार गरी जित दिलाएका पउलले शुक्रबार ७ बल सामना गर्दा ३ रन भन्दा बनाउन सकेनन्। यस खेलमा चेन्नईले पनि ३ जना स्पीनरलाई उतारेको थियो। स्पीनरहरूले नै दिल्लीका सुरुवाती महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गराएका थिए। चेन्नईका ओपनर ब्याट्सम्यानले आक्रमणको प्रयास गरेका भए पनि १४८ रनको सामान्य लक्ष्य पार गर्न १९ औं ओभर खर्चिनु परेको थियो ।

 यो अवस्थामा पउलको महंगो बलिङ मात्रै रोकेको खण्डमा दिल्लीतर्फ जित ढल्कने सम्भावना  थियो। यसमा सन्दीपले काम गर्न सक्थे। यस खेलमा पउलको सट्टामा सन्दीपलाई सहभागी गराएको खण्डमा दिल्लीलाई पक्कै फाइदा पुग्ने थियो। फाइनल पुगेर इतिहास रच्ने  दिल्लीको यात्रामा सन्दीपले योगदान दिन सक्थे की भन्ने आधार देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.