लागुऔषधसहित चार जना पक्राउ

लागुऔषधसहित चार जना पक्राउ

सिरहा : सिरहाको दुई स्थानबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। भारतीय बजारबाट लागुऔषध खरिद गरी नेपाल ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । 

लहान नगरपालिका १९ स्थित कटहा चौकमा चेकजाँच गर्ने क्रममा स ५ प २३२४ नम्बरको मोटरसाइकल चालक १९ वर्षीय दिपक सहनी र सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ३१ वर्षीय पशुपति शर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी टोलीले उनीहरुको साथबाट फेनारगन २५० एम्पुल, डाइजेल्याब २५० एम्पुल र नुर्फिन २५० एम्पुल बरामद गरेका छन् ।  

यसैगरी प्रहरी चौकी ठाडीको प्रहरी टोलीले सीमावर्ती भगवानपुर गाउँपालिका ४ स्थित ठाडी बसपार्कमा स २ प ५१६७ नम्बर मोटरसाइकल चेकजाँच गर्दा उदयपुरको त्रियुगा नपा २ का १९ वर्षीय आशिष चौधरी र वडा ९ का २२ वर्षीय नन्दकिशोर चौधरीलाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चालक आशिषको साथबाट ८ पिस नाइट्रोसन ट्याब्लेट फेला पारेको छ ।

पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि इप्रका लहानमा राखिएको सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी गराए । पछिल्लो समय सिरहामा लागुऔषधको कारोबार फस्टाउँदै गएको छ ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.