विदेशबाट राहदानी लिन कार्यालयमै पुग्नुपर्ने
अमेरिका : नेपाल सरकारले विदेशबाट राहदानी दिँदा प्रत्यक्ष उपस्थित भएर निवेदन दिनुपर्ने प्रावधानलाई कडाई गरेको छ।हस्तलिखित निवेदन लिने चलन हटाएर प्रत्यक्ष उपस्थित हुनुपर्ने प्रावधानअर्थात् लाइभ इन्रोलमेन्टलाई कडाई गरेको हो।
हस्तलिखित पार्सपोर्टको निवेदनमा सयौं गल्ती हुने गरेको र कार्यालय र सेवाग्राहीलाई समेत असहज हुने गरेकाले लाइभ इन्रोलमेन्टलाई कडाई गरिएको हो। पहिले विदेशमा रहेका नेपालीले दूतावास या बाणिज्यदूतावसको कार्यालयमा हस्त लिखित निवेदन सेवा शुल्कसहित सहयोगी या हुलाकमार्फत समेत पठाउन सक्ने प्रावधान थियो।
एमआरपी सुरु गरेको केही समयपछि नै यस्तो लाइभ इन्रोलमेन्ट सेवा सुरु गरिएको भएपनि पूर्ण कार्यन्वयनमा भने आएको थिएन्।मन्त्रालयको परिपत्रअनुसार अब विदेशमा रहेका नेपालीले राहदानी बनाउँदा,प्रत्यक्ष उपस्थित भएर निवेदन दिनुपर्ने हुन्छ।हस्तलिखित निवेदन लिँदा फोटा नमिल्ने, विवरण गल्ती हुने, विदेशको ठेगाना र नेपालको ठेगाना म्याच नहुने जस्ता कयन समस्या अहिले समाधान भएको मन्त्रालयका कर्मचारीको भनाई छ ।
बाणिज्यदूवास न्यूयोर्कका महाबाणिज्यदूत पुष्पराज भट्टराईले भने,' अहिले व्यक्ति स्वयम उपस्थित भएर निवदेन दिँदा सात दिनमा पासपोर्ट आउँछ।पहिले हस्तलिखित निवेदन लिँदा तीन महिनासम्म लाथ्यो, अहिले सबै विवरण व्यक्ति स्वयमलाई सांक्षी राखेर कम्प्युटरमा विवरण हालिन्छ, फोटो प्रत्यक्ष खिचिन्छ, यहाँबाट कम्प्युटरले ठिक छ भनेको चौथो दिनमा पार्सपोट प्रिन्ट हुन्छ अनि सात दिन राहदानी हात आउँछ।
न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट क्षेत्र हेर्ने गरी सेवा दिइरहेको बाणिज्यदूतावास न्यूयोर्कले अन्य राज्यमा बसोबास गर्नेलाई समेत सेवा दिइरहेको छ।सरकारको कार्यालयमा नेपाली आउँदा, यो हाम्रो कार्यक्षेत्र होइन भन्न मिल्दैन्, ढोकामा आइसकेका नेपालीलाई डिसीको दूतावासमा जाउँ भन्न मिल्दैन्, यसैले हाम्रोमा पार्सपोर्टको चाप निकै छ।न्यूयोर्क सबैको केन्द्र भएकाले पनि यहाँ पासपोर्ट बनाउन आउनेको चाप देखिन्छ।
हस्त लिखित निवेदन लिँदा हुलाकमार्फत कार्यालयमा आउन समय लाग्ने अनि संकलन गरी रुजु गरी नेपाल पठाउन अर्को समय लाग्ने समस्या समेत समाधान भएको डिसीस्थित दूतावासका कर्मचारीको भनाई छ।
तर सेवाग्राहीबाट भने विदेशमा रहेका सिमित कार्यालयबाट पासपोर्ट लिँदा थप झन्झट बेहोर्नु परेको गुनासो छ।हस्तलिखित निवेदन लिन छाडिएपछि कामबाट छुटी मिलाएर पुग्न नपाइने समस्या भोग्नु परेको सेवाग्राहीको गुनासो छ।
अमेरिकाको टेक्सासमा बस्दै आएको जीवन शर्माले भने, 'न्यूयोर्क या डिसी क्षेत्रमा आइपुग्न दुई तीन दिन लाग्छ, हवाई मार्गबाट पनि चार/ पाँच घण्टा लाग्छ, हुलाक या सहयोगीको हातबाट समेत निवेदन लिइनुपर्छ।'