हावाहुरी पीडितलाई प्रदेश-१ सरकारको एक करोड सहयोग

हावाहुरी पीडितलाई प्रदेश-१ सरकारको एक करोड सहयोग

जनकपुरधाम : प्रदेश-१ को सरकारले प्रदेश-२ सरकारलाई एक करोड सहयोगको चेक हस्तान्तरण गरिएको छ। प्रदेश-१का मुख्यमन्त्री शेरधन राइले सोमबार प्रदेश -२ को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

बारा र पर्साको हवाहुरी पीडितलाई राहत प्रदान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश  १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा सानो सहयोग गरेर प्रदेश-२ को विपदमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए।
 

कार्यक्रममा प्रदेश-२का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश- १ को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए। 

बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको हो भने करोडौको धनमालको क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.