बालकका हत्यारा अझै पत्ता लागेन
जनकपुरधाम : धनुषाको ढल्केबरमा अढाई वर्षीय बालक आर्यन साहको हत्या भएको एक साता बितिसक्दा पनि हत्यारा अझै पत्ता लागेको छैन ।
गाउँमै खेलिरहेको अवस्थाबाट आर्यनको बैशाख २३ गते अपहरणपछि हत्या भएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज रायले भने घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
अपहरणपछि आर्यनको घाँटी रेटेर हत्या गरेर फालिएको अवस्थामा उनकै घर पछाडिको घारीमा बैशाख २४ गते शव फेला परेको थियो ।