किनमेल गर्न भारत गएका पाँच नेपाली भारतीयबाट कुटिए

किनमेल गर्न भारत गएका पाँच नेपाली भारतीयबाट कुटिए

वीरगन्ज : पर्साको ठोरी नाकासँग सिमाना जोडिएको भारतको भिखनाठोरी बजारमा बिहीबार लागेको हाटबजारमा गएका पाँचजना नेपालीलाई भारतीयले कुटपिट गरेका छन् ।

भिखनाठोरीस्थित टिम्बरलाइनका केही व्याक्तिहरुले पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ का विष्णु विष्ट, सुन्दर बस्तीका ५३ वर्षीय कमल खवास, इच्छानगरकी  २१ वर्षिया सदिक्षा पन्त, १२ वर्षिया सुष्मा पन्त र परिचय खुल्न नसकेकी एक बालिकालाई भारतीय नागरिकले कुटेर घाइते बनाएका हुन् ।

भिखनाठोरीमा बिहीबार लागेको हाटबजारमा किनमेल गर्न गएका पाँचै जनालाई भारतीयले नियन्त्रणमा लिएर बाँसको भाठाले हिर्काउँदै कुटेको घाइते विष्णु विष्टले बताए । भारतीयहरुले झण्डै आधा घण्टा कब्जामा लिएर आफूहरु माथि कुटपिट गरेको विष्टले बताएका छन् ।

केही दिनअघि ठोरीमा मजदुरी गर्न आएका भारतीयहरु खेतमा हिँडेर बाली कुल्चिएपछि ठोरीका स्थानीय र उनीहरुबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर बिहीबार उनीहरुले नेपालीहरुलाई कुटपिट गरेको माइती नेपाल ठोरीकी मिना गिरीले बताइन् ।

भारतीयहरुको कुटाइबाट घाइते भएका महिला तथा पुरुषको शरीर भरी निलडाम रहेको गिरीले जानकारी दिइन् । भिखनाठोरीमा नेपालीहरु कुटिएको खबर पाएपछि ठोरीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर बिक र  इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तको टोलीले भारतीय सीमा सुरक्षाबल (एसएसबी)को सहयोगमा आफूहरुको उद्धार गरेको विष्टले बताए ।

यस्तै नेपालीहरु माथि कुटपिट गर्ने भारतीय नागरिक रवि साह लगायत दुई जना व्यक्तिलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक बिकले जानकारी दिए ।

भिखनाठोरीमा रहेको एसएसबी क्याम्पमा दुबै तर्फका सुरक्षा अधिकारीबीच भएको सहमति अनुसार कुटपिट गर्ने व्यक्तिहरु विरुद्ध भारतको सुभद्रा थानामा बिहीबार नै किटानी जाहेरी दिने काम भएको बिकले बताए । नेपालतर्फ भारतीय नागरिकमाथि दुव्र्यवहार गर्नेलाई पनि कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.