सयभन्दा बढी घरमा प्रहरीको छापा : ४ सय केजी लागुऔषध बरामद

सयभन्दा बढी घरमा प्रहरीको छापा : ४ सय केजी लागुऔषध बरामद

वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिकाको- ५ देउरियामा शुक्रबार प्रहरीले एक सयभन्दा बढी घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध गाजा र चरेश बरामद गरेको छ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले देउरिया गाउँबाट ३ सय ८५ केजी गाजा र १९ केजी चरेश बरामद गरेको हो।

बरामदका क्रममा प्रहरीले गाजा र चरेश च्याप्ने फलामका औजार पनि बरामद गरेको छ। देउरिया गाउँमा विगत केही दिनदेखि गाजा र चरेशको व्यापक कारोबार भइरहेको सूचना आएपछि गाउँपालिकाका जनप्रतिनिधिको आग्रहमा प्रहरीले शुक्रबार बिहानैदेखि देउवरीया गाउँमा रहेका १०५ वटा घरमा खानतलासी र छापा मारेको हो।   

देउरियाका पुसन माझीको घरबाट ५५ केजी गाजा र सात केजी चरेश बरामद भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।यस्तै गाउँभन्दा पूर्वतिर रहेको कुलो छेउमा पनि फालिएको अवस्थामा १४ वटा बोरामा रहेको ३०१ केजी गाजा बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

गाजा बरामद भएको घरका घरधनी माझी भने फरार रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।शुक्रबार दिउँसो फेरि छापा मार्ने क्रममा थप १२ केजी चरेश र २९ केजी गाजा स्थानीयको घरबाट बरामद गरिएको अधिकारीले जानकारी दिए। 

दिउँसो छापामारीका क्रममा प्रहरीसँग वादविवाद र दुव्र्यवहार गरेको आरोपमा स्थानीय राजेश रामलाई पक्राउ पनि गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.