घाइते भन्छन्, 'चालक परिवर्तनपछि दुर्घटना'

घाइते भन्छन्, 'चालक परिवर्तनपछि दुर्घटना'

धादिङ : धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँचजनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमा र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका थिए। बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।दुर्घटनाका घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धादिङको  गजुरी अस्पतालमा उपचारत झापाका फणिन्द्रबहादुर कार्कीले  दुर्घटनाबारे यसो भन्छन्:

चालक परिवर्तन भएपछि दुर्घटना

निन्द्रा नलागेपनि आँखा चिम्म गरेर बसिरहेको थिए।एक्‍सासी गड्याम्म आवाज आयो।सबै यात्रुहरु चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको थियो।म होसमै थिए, ढोकाबाट निस्कन खोजेँ। नदी गहिरो देखेर ड्राइभरको सिटको झ्यालबाट हाम फाले।

गाडी खसेको भीर पाखाभरी घाइतेहरु छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो। मेरो ज्यान पुरै दुखेको थियो तर कहाँ के भएको आफैंले थाहा पाइनँ। गाउँलेहरु सबै मिलेर घाइतेको उद्धारमा सहयोग गर्न थाले।

केहीबेरपछि सेना र प्रहरी आउनुभयो। उहाँहरुले सबै घाइतेलाई माथि सडकमा ल्याउँदै उपचार गर्न पठाउनुभयो। मेरो पनि छातीमा दुखाइ बढ्न थाल्यो। मान्छेको भीड बढ्न थालेपछि स्थानीयले मलाई पनि अस्पताल पठाए।

दुर्घटना हुनुभन्दा ३-४ किलोमिटर वर बसमा तेल राखिएको थियो।तेल राखिएपछि चालक परिवर्तन भएको थियो। चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो। 

यसरी गरियो उद्धार : उद्धारकर्मी

हामी घरमै बसिरहेका थियौँ। एक्कासी गड्याङगुडङ आवाज आएपछि त्यता दौडियौँ। गाडी खसेर घाइतेहरु पाखाभरी छरिएका रहेछन्। ३÷४ जना त मरिसकेका पनि रहेछन्। रोडबाट हेर्दा गाडीभित्र पनि मान्छेहरु देखिएका थिए। सबैलाई लौन तानिदिनु पर्‍यो, बचाउ बचाउ भन्दै कराइरहेका थिए। पाखामा भएका भन्दा पनि गाडीभित्र चिच्याइरहेका घाइेतरलाई पहिले निकालियो।

हामीसँग बोक्ने केही साधन थिएन, गाडीभित्र देखिएका घाइते सबैलाई निकालिसकेपछि माथि सडकमा ल्यायौं। हामीसँगै आएका साथीले प्रहरीलाइ खबर गर्यो। केहीबेर पनि सेना, शसस्त्र र प्रहरी पनि आए। सबैलाई पालैपालो उपचार गर्नको लागि अस्पताल पठाइयो। 

-बस दुर्घटनास्थमा सबैभन्दा पहिले पुगेका उद्धारकर्मी मंगल तामाङ र दिलिप तामाङ

३ जनाको सनाखत
दुर्घटनामा मृत्यु भएका तीनजनाको सनाखत भएको छ।मृत्यु हुनेमा मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामका २० वर्षीय विशाल गिरी रहेका छन्। मृतक दुईजनाको परिचय खुलेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.