त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतबार बिहान ६ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन।

बस दुर्घटनाका घाइते झापाका फडिन्द्रबहादुर कार्कीका अनुसार दुर्घटना हुनुभन्दा ३÷४ किलोमिटर वर गाडीमा तेल हालेर चालक परिवर्तन भएपछि गाडी अलि फरक तरिकाले गुडेको थियो। त्यस्तै, दुर्घटनामै परेर घाइते भएका अर्का यात्रु धादिङ गल्छी खयरघारीका राजकुमार सुवेदीले पनि तेल हालेपछि गाडीको गति बढी भएको बताएका छन्।

घटनास्थलको प्रारम्भिक अध्ययनमा सडक छेउको तारजाली र फलामे बार भत्काएर गाडी त्रिशूली नदीमा पुगेकाले बस तीव्र गतिमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.