मानसिक सन्तुलन गुमाएकी किशोरी बलात्कृत

मानसिक सन्तुलन गुमाएकी किशोरी बलात्कृत

वीरगन्ज : बाराको परवानीपुर गाउँपालिका-१ बुनियाद टोलमा मानसिक सन्तुलन गुमाएकी १६ वर्षीया युवतीलाई दुईजना युवकले सामूहिक बलात्कार गरेका छन्। गत सोमबार बेलुकी ८ बजेतिर बुनियाद गाउँमा पुगेकी युवतीलाई बुनियाद गाउँकै ३० वर्षीय राम अयोध्या मण्डल र उनका साथी मिलेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कारमा संलग्न मध्येका मण्डल पक्राउ परिसकेका छन् भने उनका साथी भने फरार छन्। फरार रहेका मण्डलका साथीको पनि पहिचान खुलिसकेको भएपनि पक्राउ नपरेकाले उनको नाम सार्वजनिक नगरिएको बाराका प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले बताए। 

सोमबार बेलुकी बुनियाद गाउँमा रहेको नर्सरी नजिकैको सडकमा हिँडिरहेका बेला युवतीलाई प्रसौनी गाउँबाट साइकलमा घर फर्किरहेका मण्डल र उनका साथीले साइकलमा चढाएर बाँसघारीमा लगेर बलात्कार गरेका थिए। 

बाँसघारीमा मण्डलले युवतीलाई बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई पक्राउ गरेर प्रहरीलाई बुझाएको तर उनका साथी भने भाग्न सफल भएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए।

पीडित युवती र पक्राउ परेका मण्डल दुवैको मंगलबार जिल्ला अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए। स्वास्थ्य परीक्षणपछि पीडित युवती वीरगन्जस्थित मानव सेवा आश्रममा राखिएको छ। प्रहरीका अनुसार करिब १६/१७ वर्ष उमेरको जस्तो देखिने ती युवती राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठीक नभएका कारण उनको नाम र ठेगाना खुल्न सकेको छैन।

बुनीयाद गाउँमा आइतबारदेखि नै देखा परेकी ती युवती कहाँबाट आएकी हुन् भन्ने कुरा बुनियादका स्थानीयलाई पनि थाहा नभएको प्रहरी नायव उपरीक्षक राठौरले बताए। पीडित युवतीको नाम ठेगाना पत्ता लगाउनका लागि सांकेतिक भाषाका विज्ञलाई बोलाएर पीडित युवतीसँग कुराकानी गर्न लगाएर उनको नाम ठेगाना पत्ता लगाइने प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.