महिलाको हत्या प्रयास : सीसी क्यामेरा फुटेजले पुर्‍यायो प्रहरीलाई अभियुक्त नजिक

महिलाको हत्या प्रयास : सीसी क्यामेरा फुटेजले पुर्‍यायो प्रहरीलाई अभियुक्त नजिक

बिर्तामोड : बुधवार राति झापाको मेचीनगर–१० धुलावारीमा सुतिरहेकी आरती चौहान बुढाथोकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

घटना भएको राति घटनास्थल नजिकै रहेको सीसी क्यामेरामा कैद भएको फुटेजका आधारमा मेचीनगर–१० कै दुई युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ। सबै प्रमाण जुटाइसकेपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्ने जनाएको छ। हाल पक्राउ परेका युवाको नाम प्रहरीले सार्वजनिक नगर्ने बताएको छ।

पक्राउ परेका शङ्कास्पद व्यक्तिहरू नै आक्रमणकारी हुन् भनेर घाइते आरतीकी छोरी अर्पणाले पुष्टि गरिसकेको र रगत लत्पतिएको केही कपडा समेत अभियुक्तहरूसँग फेला परेको प्रहरी स्रोतले जनाएको छ। पीडित व्यक्तिसँग मोबाइलमा सम्पर्क भएको कल डिटेल्स पनि प्रहरीले सङ्कलन गरिसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

पति वैदेशिक रोजगारीमा गएको र घरमा बिरामी सासु र ८ वर्षकी छोरी मात्र भएको अवस्थामा बुधबार राति दुई व्यक्ति घरभित्र पसेर आरतीमाथि आक्रमण गरेका थिए। आरतीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणको प्रत्यक्षदर्शी आरतीकी ८ वर्षीया छोरी अर्पणालाई प्रहरीले आफूसँगै राखेको छ। अर्पणाको बयान प्रहरीका लागि अभियुक्तसम्म पुग्ने र पहिचान गर्ने महत्वपूर्ण आधार बनेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.