लमजुङमा पर्यटक लोभ्याउँदै चट्टानको बगैँचा !

लमजुङमा पर्यटक लोभ्याउँदै चट्टानको बगैँचा !

बेसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा रहेको ‘रक गार्डेन’ ले आन्तरिक तथा बाह्य पर्यटकको मन खिच्न थालेको छ ।

‘रक गार्डेनको अवधारणा सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । रक गार्डेन निर्माण समितिका अध्यक्ष कामशार्की गुरुङका अनुसार आन्तरिक तथा बाह्य पर्यटक रकगार्डेनको सुन्दरता देखेर दंग छन् ।

घेर्मुको खानीगाउँसँगै जोडिएको रकगार्डेन पहरै पहराले बनेको छ । कतै गुफा छन्,  कतै ओढार । कतै  ठूला सुरुङ भेटिन्छन् । निकै लोभलाग्दो रक गार्डेन पूरै चाहार्न आधा घण्टा बढी समय लाग्छ । ‘रक गार्डेन पर्यटकीय मात्र होइन, ऐतिहासिक रुपमा पनि उत्तिकै महत्व छ’, गुरुङ भन्छन्, ‘परापूर्व कालमा हाम्रा पुर्खाहरु कसरी ओढारमा बसे भन्ने त्यसको झल्को रक गार्डेनमा लिन सकिन्छ ।’

एउटा पहरोबाट अर्को पहरोमा पुग्न पुल बनाइएको छ । पहराभित्रको सुरुङ हुँदै पनि अर्कै ठाउँ जाने बाटो छ । गार्डेनको बिचमा बस्ने ठाउँहरु निर्माण भएको छ । तत्कालिन जिल्ला विकास समिति लमजुङको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७२÷०७३ मा ८ लाख रुपैयाँ र स्थानीयको १ लाख ७३ हजार रुपैयाँको श्रमदानबाट रक गार्डेनका केही पूर्वाधार निर्माण भएको छ ।

रक गार्डेनको स्तर उन्नतिका लागि मस्र्याङ्दी–५ घेर्मुले चालु आर्थिक वर्षमा २ लाख रकम खर्च गरेको छ । सो रकमले पिकनिक स्पोर्ट र अन्य पूर्वाधार बनाइएको स्थानीय विर्ख गुरुङले बताए । रकगार्डेनमा ‘रक स्टे’ को अवधारणा पनि छ । ‘रक गार्डेन’ हेर्न आउने पर्यटक चट्टानमै बास बस्छन् । रक गार्डेन स्थलमा अहिले फूल रोप्ने, बिजुली सुविधा पु¥याउने, गार्डेन स्थलमा कुर्सी निर्माण गर्ने, ओडार छिर्ने सुरुङ मार्ग, पिकनिक स्थल, पोखरी, ढुङ्गेधारा, बास स्थान निर्माण गर्ने काम भइरहेको छ ।

रक गार्डेन बनाउने पञ्चवर्षीय योजना रहेको अध्यक्ष गुरुङले बताए । गुरुङकाअनुसार रक गार्डेनसँगै होमस्टे र रकस्टेको अवधारणा पनि अघि बढाइएको छ । ५ सय ८० मिटरको रुट सर्किटमा प्राकृतिक सुन्दरताका दृष्टीकोणबाट निकै मनमोहक छ ।

अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैंचाले आकर्षित गरेको छ । अहिले नै दैनिक करिब दुई सयको हारहारीमा पर्यटक रक गार्डेनमा आउने गरेको वडा नं. ५ का वडाध्यक्ष लेखमान गुरुङले बताए ।

कलात्मक तरिकाले प्रकृतिले सृजना गरेको रक गार्डेन अर्थात् चट्टानको बगैंचा घुम्दा पर्यटकले अनौठो र रमाइलो मान्छन् । ठूला चट्टानभित्र नै खाने, बस्ने र शौचालयको व्यवस्था गर्ने योजना गाउँलेको छ । लमजुङ सदरमुकाम बेसीसहर बाट २२ किमी कच्चीबाटोमा सवारी साधनको प्रयोग गरी ताघ्रिङको रामबजारबाट १५ मिनेटको दूरीमा रक गार्डेन पुग्न सकिने मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.