धादिङमा पर्यटकीय बस दुर्घटना, १ को मृत्यु, १९ घाइते, ८ गम्भीर

धादिङमा पर्यटकीय बस दुर्घटना, १ को मृत्यु, १९ घाइते, ८ गम्भीर

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका- १ खयरघारीमा पर्यटकीय बस दुर्घटना भएको छ।उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनौलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंट केरुङतर्फ जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर आपसमा ठोकिँदा दुर्घटना भएको हो।

कन्टेनरसँग ठक्‍कर खाएर खोलामा खसेको बसका चालक लम्जुङ घर भएका २९ वर्षीय हरि न्यौपानेको मृत्यु भएको   जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश विष्टले जानकारी दिए। 

दुर्घटनामा १९ जना यात्रुहरु घाइते भएका छन्। ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ।अन्य यात्रुहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मृतक चालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.