ज्यानमारा बन्दै बैतडीको देहीमाडौं-गिरेगडा सडक

ज्यानमारा बन्दै बैतडीको देहीमाडौं-गिरेगडा सडक

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका- ९ ग्वाल्लेकका ६२ वर्षीय कृष्णानन्द जोशी गाउँमा सडक पुग्दा निकै खुशी भएका थिए। २०७० सालमा देहीमाडौं गिरेगडा सडकमा जीप गुड्दा उनको मनमा हर्ष छाएको थियो‍। तर सडक निर्माण भएको ६ वर्ष बितिसक्दा पनि सो सडक स्तरोन्नति नहुँदा उनी निराश छन्।उनले भने, 'सडक पुग्दाको खुशी सडकमा हुने दुर्घटनाले लुटेको छ। सडक स्तरोन्नति नहुँदा सडकमा पटकपटक दुर्घटना भइरहेका छन्।सडक सुधारका लागि कसैले ध्यान दिएको छैन्।'

२०६६ सालमा जर्मन सहयोग नियोगको सहयोगमा देहीमाडौंदेखि गणमेश्वरसम्मको ३३ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सुरु भएको थियो। २०७० सालमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएपछि सो सडकमा सवारी साधन चल्न थालेका थिए । 

सडक सञ्चालनमा आएसँगै नागरिक खुसी भएका थिए तर पटक- पटक दुर्घटना हुँदा जीपमा यात्रा गर्न डर लाग्ने गरेको दशरथचन्द नगरपालिका- ९ ग्वाल्लेककी जानकी जोशीले बताइन्। उनले भनिन्, 'एकैपरिवारको चारजनाको ज्यान जाने गरी यसै महिना भएको जीप दुर्घटना आफ्नै आँखा अगाडि देखे। त्यो दिनदेखि जीपमा यात्रा गर्न निकै डर लाग्छ। सडक फराकिलो छैन्। दुर्घटनाको जोखिम धेरै छ।'

देहीमाडौं गिरेगडा सडकमा ६ वर्षको अवधिमा दुर्घटनामा परेर १० जनाले ज्यान गुमाएका छन् भने घाइतेको संख्या पनि निकै ठूलो छ। सडक साँघुरो भएकै कारण दुर्घटना हुने गरेको चालक बताउँछन्।'सडकमा साइड दिने ठाउँ छैन, 'चालक रघुनाथ जोशीले भने, 'स्तरोन्नतिका लागि कसैले पहल गरेका छैनन्।सडकमा दुर्घटना हुँदा मात्रै स्तरोन्नतिको कुरा उठ्छ।त्यसपछि त्यत्तिकै सेलाएर जान्छ।'

देहीमाडौं-गिरेगडा सडक हरेक निर्वाचनमा एजेण्डको रुपमा आउने गरेको भएपनि स्तरोन्नति नहुँदा समस्या भएको दशरथचन्द नगरपालिका- ९ का नन्दराज जोशीले बताए। उनले भने, 'पञ्चेश्वरसम्म जोड्ने छोटो मार्ग यही हो। तर यसको स्तरोन्नति नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परिरहेको छ।सडकलाई स्तरोन्नति गर्नेतर्फ सबैको ध्यान जानु जरुरी छ।'

ट्रयाक खुलेकै वर्ष जीप दुर्घटना हुँदा चालकको ज्यान गयो भने ४ जना घाइते भए। त्यस्तै,२०७१ सालमा भएको जीप दुर्घटनामा २ जनाले ज्यान गुमाए। यो वर्ष जेठको पहिलो सातामा भएको जीप दुर्घटनामा एकै परिवारका चारजनाले ज्यान गुमाए।त्यस्तै सोही सडकमा एकजनाको जीपबाट खसेर मृत्यु भयो।

सडक साँघुरो भएकै कारण दुर्घटना हुने गरेको प्रहरीको भनाई छ। 'कच्ची सडक र चालकको लापरवाहीले दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए। उनले भने,' देहीमाडौं गिरेगडा सडकमा कतिपय मोडमा जीप घुमाउनै समस्या छ। तीव्र गतिमा जीप चलाउँदा दुर्घटना हुने गरेको हो।'

सडक स्तरोन्नती गरिने 

देहीमाडौं-गिरेगडा सडकमा दुर्घटना बढ्दै गएपछि यो वर्षदेखि स्तरोन्नतीको काम थालनी हुने भएको छ। चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सडक फराकिलो बनाउने काम सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले बताए। 

देहीमाडौं- गिरेगडा सडकको १५ किलोमिटर पीचका लागि ठेक्‍का सम्झौताको तयारी भइरहेको उनले बताए। उनले भने, 'देहीमाडौं गिरेगडा सडकलाई स्तरोन्नति गर्ने कार्य अघि बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.