पानी र उब्जनीकाे संकटले बस्ती नै सार्ने तयारीमा चेपाङ गाउँ

पानी र उब्जनीकाे संकटले बस्ती नै सार्ने तयारीमा चेपाङ गाउँ

धादिङ : खानेपानीको चरम संकट बेहोर्न बाध्य भएका दक्षिणी धादिङको ब्रुसवाङका बासिन्दाले बस्ती नै अन्यत्र सार्ने भएका छन् ।

ब्रुसवाङमा विकासका पूर्वाधार लैजान भन्दा पनि बस्ती सानु सजिलो हुने भएकाले यस्तो निर्णय लिएका हुन् । समुद्री सतहदेखि १ हजार ८ सय ४५ मिटर उचाइमा रहेको बु्रसवाङमा ३६ घर चेपाङ समुदायको बसोबास छ । जहाँ पुग्न पृथ्वीराजमार्गको मलेखु बजारदेखि १ दिनको पैदल यात्रा गर्नुपर्छ । यो आर्थिक वर्षमा गाउँभन्दा केही तलसम्म सडक पुगे पनि अहिलेसम्म गाउँमा सडक पुगेको छैन ।

गाउँमा विद्यालयको नाममा बाल विकासको एउटा कक्षा मात्रै छ । गाउँमा खानेपानीको चरम अभाव, न्युन उब्जनीका कारण दैनिक जीवनयापन नै जटिल भएपछि चेपाङहरु बसाइँ सर्ने भएका हुन् ।

पाखोबारीको उब्जनीले ३ महिना पनि खान नपुग्ने यहाँ खानेपानीको समस्याले बालबालिकाको शिक्षा, खेतीपाती र पशुपालनमा समेत ठूलो समस्या पैदा गरेको विषयमा अन्नपूर्ण पोस्ट दैनिकले पटक पटक समाचार प्रकाशन गर्दै आएको थियो ।

एक गाग्री पानी लिन ४ घण्टा उकाली ओराली गर्नुपर्ने बाध्यतामा ब्रुसवाँङबासी रहँदैआएका थिए । विभिन्न सरकारी तथा गैरसरकारी निकायले गाउँमा खानेपानी पु¥याउन प्रयत्न गरे पनि दिर्घकालिन रुपमा पानीको व्यवस्थापन गर्ने भरपर्दो स्रोत नभेटिएपछि गाउँमा पानी पु¥याउन सकिएको थिएन ।

पछिल्लो समय गाउँपालिकाका प्रतिनिधि तथा अन्य जनप्रतिनिधिहरुले पनि उनीहरुको बस्ती सार्न प्रयास गर्दैआएका छन् । रोजगारीको अवसर भएको ठाँउमा निश्चित जग्गा र घरका साथै विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सडक, बिजुली उपलव्ध हने ठाँउमा बस्ती सार्ने प्रयत्न भएको सांसद भूमि त्रिपाठीले बताएका छन् ।

आगामी दशैँसम्म नयाँ ठाउँमा ब्रुसवाङ गाउँ सार्ने प्रतिवद्धता त्रिपाठीको छ । उनीहरु प्रत्येक परिवारलाई २ रोपनी जग्गा सहित एउटा घर, घरघरमा पानीको धारा, शौचालय सहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.