भारतीय तीर्थयात्री र आइरिस आरोहीको मृत्यु

भारतीय तीर्थयात्री र आइरिस आरोहीको मृत्यु

नुवाकोट : नेपाल–चीन प्रवेशका लागि छोटो दूरीको रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।

काठमाडौंदेखि १ सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा रहेका बेला लेक लागेर भारतीय नागरिक ५९ वर्षीय सुन्दरापन्डियन पन्नायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिए ।

रसुवागढी हुँदै चिनियाँ भुभागबाट सगरमाथाको आरोहणमा रहेका आयरल्याण्डका नागरिक ५६ वर्षीया केजिन्ज ¥याडको पनि ज्यान गएको छ । आइरिस पर्यटकको शव हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । ढकालका अनुसार ¥याड सगरमाथा आरोहणका लागि हवाई मार्गमार्फत चीनको ल्हासा हुँदै गएका हुन् ।

मानसरोवर यात्राका क्रममा भारतीय नागरिक पन्नायको चिनियाँ भूभागमा मृत्यु भएपछि रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको प्रहरीले बताएको छ । ढकालका अनुसार मृतकको शव परीक्षणका लागि स्थलमार्ग हुँदै काठमाडौँ पठाइएको हो । पछिल्लो समय रसुवागढी नाका हुँदै मानसरोवर तीर्थयात्रा गर्न जानेको संख्या बढ्दोछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.