रुपन्देही जिल्ला प्रशासनलाई ‘आइएसओ’ मान्यता

रुपन्देही जिल्ला प्रशासनलाई ‘आइएसओ’ मान्यता

भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देही आइएसओ ९००१ः२०१५बाट सर्टिफाइड भएको छ। आइएसओ प्रमाणपत्र प्राप्त गर्नका लागि पुरा गर्नुपर्ने आवश्यक सबै मापदण्ड पुगेपछि कार्यालय आइएसओ सर्टिफाइड भएको हो।

यसअघि नेपालमा व्यवसायीक संस्थाहरु आइएसओबाट सर्टिफाइड हुने गरेका थिए। सरकारी कार्यालयहरु मध्येबाट पहिलोपटक रुपन्देही जिल्ला प्रशासन कार्यालयला आइएसओ सर्टिफाइड भएको छ। कार्यालयको प्रमाण पत्र नम्बर ‘क्युएमएस–१९–०५–७१’ रहेको छ।

‘अहिलेसम्म मुलुकको कुनै पनि सरकारी कार्यालय आइएसओबाट सर्टिफाइड भएको कुनै जानकारी छैन’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भने,‘यस हिसाबमा जिल्ला प्रशासन कार्यालय रुपन्देही नै आइएसओबाट सर्टिफाइड हुने पहिलो कार्यालय बनेको छ।’

प्रमुख जिल्ला अधिकारी रानाले सिमित स्रोत, साधन र जनशक्तिको अभावमा पनि आइएसओबाट सर्टिफाइड हुनुमा कार्यालयका सम्पूर्ण कर्मचारीको योगदान रहेको बताए। ‘सिमित स्रोत, साधन र जनशक्तिको अभाव पनि हामी आइएसओबाट सर्टिफाइड हुन सफल भयौं’ उनले आइएसओको प्रमाणपत्र देखाउँदै भने,‘यो मैले मात्र गरेर पाएको होइन यसमा मेरो सम्पूर्ण टिमको सहयोग छ।’

आइएसओबाट सर्टिफाइड हुनका लागि कार्यालयले आवश्यक सातवटा मापदण्डहरु पुरा गरेको छ। जसमा कार्यालयल सेवाग्राही केन्द्रीत हुनुपर्ने, कार्यालय प्रमुखको नेतृत्व क्षमता राम्रो हुनुपर्ने, सेवाग्राही लगायत सरोकारवालाहरुसगँ राम्रो सहकार्य हुनुपर्ने, कानुनले तोकेको दायरमा छिटो छरितो सेवा प्रवाह गर्ने, कार्यालयको सेवामा सुधार भएको हुनुपर्ने, प्रमाणको आधारमा निर्णय गरिरहेको र सम्बन्ध व्यवस्थापन गरेको (तल्लो निकाय देखि माथील्लो निकाय सम्म) रहेका छन्।
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.