अवैध सामान : सशस्त्र छोड्ने नेपाल प्रहरी समात्ने

अवैध सामान : सशस्त्र छोड्ने नेपाल प्रहरी समात्ने

भैरहवा : रुपन्देहीको नेपाल भारत- सीमा सुनौली नाकाबाट भन्सार छली गरेर भित्र्याइएका मोटर पार्टसका साम्रगी प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्मको टोलीले रुपन्देही कार्यालयको अगाडीबाटै भित्र्याइएको लाखौँ मूल्य बराबरको मोटर पाटर्स साम्रगी नेपाल प्रहरीले बरामद गरेको हो।साम्रगीसँगै तस्करीमा प्रयोग गरिएको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्करले मोटर पार्ट्सले भरिएको कार्टुन मोटरसाइकलमार्फत सशस्त्र प्रहरी बल कार्यालयकै अगाडीबाट ल्याएको प्रहरीलाई प्राराम्भिक बयान दिएका छन्। उनीहरुले उक्त साम्रगी भैरहवाको शान्तिनगरमा डम्प गरेका थिए।भन्सार छली नियन्त्रणका लागि स्थापना गरिएको सशस्त्र प्रहरी कार्यालय अगाडी चेकजाँच प्वाइन्ट समेत राखिएको छ। तर, सशस्त्र प्रहरीले तस्करलाई छुट दिँदा उनीहरुले दिउँसै खुलेआम तस्करीको साम्रगी भित्र्याउने गरेको खुलेको छ।

तस्करले मोटरसाइकलमा भन्सार छलेर ल्याएको मोटर पार्टस साम्रगी भैरहवाको शान्तिनगरबाट भ्यानमा लोड गरी बुटवल लैजाने क्रममा बरामद गरिएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए।

उनले तस्करीमा प्रयोग गरिएको लु १ ज ३३०१ नम्बरको भ्यान र भ्यान चालक पाल्पाका बसन्तबहादुर राजकोटीलाई नियन्त्रणमा लिइएको बताए।उनका अनुसार उक्त गाडीबाट ठूला ५ वटा कार्टुनमा विभिन्न किसिमका मोटर पार्ट्सका साम्रगी बरामद भएको छ। बरामद साम्रगी, गाडी र चालकलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.