व्यापारीले बुझाए वडाकार्यालयमा मदिरा बिक्रीको लाइसेन्स

व्यापारीले बुझाए वडाकार्यालयमा मदिरा बिक्रीको लाइसेन्स

बैतडी : जिल्लाको मेलौली नगरपालिका- १ का व्यापारी शरद नेगीले मदिरा बिक्रीका लागि लिएको लाइसेन्स वडा कार्यालयलाई बुझाएका छन्।वडाले मदिरा नियन्त्रण अभियान थालेपछि सो अभियानमा सहयोग पुर्‍याउन लाइसेन्स वडामा बुझाएको नेगीले बताए।

'समाजलाई सत्मार्गतिर डोर्‍याउन वडाले पहल थालेको छ। मदिराको कारोबारले समाजमा समस्या विभिन्न समस्या आउन थालेपछि वडामा लाइसेन्स बुझाएको हुँ।'

व्यापारी नेगीले वडा नं १ को कार्यालयमा लाइसेन्स बुझाएको मेलौली नगरपालिका -१ का वडा अध्यक्ष सुरतसिंह नेगीले पुष्टी गरे। उनले भने, 'हामीले वडालाई मदिरा निषेधित घोषणा गर्ने अभियान सञ्चालन गरिरहेका छौं। व्यावसायी शरद नेगीले आफैंले वडामा लाइसेन्स बुझाएर वडाको अभियानमा साथ दिने बचन दिनुभएको छ। यसले हामीलाई अभियान सञ्चालनमा सहज भएको छ।'

मदिराकै कारण महिला तथा बालबालिकामाथि हिंसा हुने भएकाले आफूहरुले वडा कार्यालयको समन्वयमा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेको महिला सञ्जालकी अध्यक्ष रुबी नायकले बताइन्। उनले भनिन्, 'हामीले थालेको अभियानमा एकजना व्यापारीले ठूलो सहयोग गर्नु भएको छ। यसबाट अरुले पनि पाठ सिकेर हिंसारहित समाज बनाउन मदिराको कारोबार बन्द गर्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.