बाल यौनअपराधीलाई नपुंसक बनाइने

बाल यौनअपराधीलाई नपुंसक बनाइने

अलबामा : अमेरिकाको अलबामा राज्यमा बाल यौनशोषण गर्नेलाई नपुंसक बनाउने सुई लगाइने भएको छ। अलबामाको राज्यले यस्तो कानून पारित गरेको छ। गभर्नरले पनि पनि उक्त कानूनमा हस्ताक्षर गरेका छन्। नयाँ कानूनअन्तर्गत १३ वर्षको उमेरभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई नपुंसक बनाउने सुई लगाइनेछ।

दोषीलाई नपुंसक बनाउन कति मात्रामा औषधि दिने भन्ने निर्णय भने न्यायाधीशले गर्ने उल्लेख छ। उक्त औषधि दोषी अभियुक्तले किन्नुपर्ने वा अरू कसैले दिने भनेर पनि अदालतले नै निर्णय सुनाउनेछ। यो कानून सन् २०१९ सेप्टेम्बर १ तारिखपछि दोषी ठहरिएका व्यक्तिलाई लागू हुने बताइएको छ।

अपराधीलाई जेलमा रहेका बेला उक्त औषधि दिइनेछ। उक्त सुई कहिलेदेखि लगाउने र कहिलेसम्म लगाउने भन्ने जिम्मा पनि न्यायाधीशलाई नै छोडिदिएको छ। अलबामा लगायत अमेरिकाका सात राज्यमा अपराधीमा रसायन प्रयोग गर्न पाइने गरेको छ। लुसिआना र फ्लोरिडामा पनि यस्तो कानून रहेको छ। यौन अपराधीलाई नपुंसक बनाउने सजाय दक्षिण कोरिया र इन्डोनेशियामा पनि छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.