विद्यालयमै सेनेटरी प्याड

विद्यालयमै सेनेटरी प्याड

बैतडी  : सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयका छात्रालाई निशुल्क रुपमा प्याड वितरण गर्ने घोषणा गरेको भएपनि यहाँको एक विद्यालयले भने निशुल्क रुपमा छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ।

महिनावारी भएको बेला विद्यालयमा छात्राको अनियमितता भएपछि विद्यालयमा निशुल्क प्याड वितरण गरेको हो। पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर मावि विजयपुरले कक्षा ५ देखि १२ सम्मका १३५ छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले बताए। उनले महिनावारी भएको बेला छात्रा विद्यालयबाट बंचित नहोऊन भनेर प्याड वितरण गरिएको हो।

विद्यालयका केही छात्रालाई विद्यालयमै सेनेटरी प्याड निर्माण गर्ने तालिमपश्चात उनीहरुले निर्माण गरेका सेनेटरी प्याड निशुल्क रुपमा एक छात्रालाई ४वटाका दरले वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए।

उनले भने,' हामीले विद्यालयमै छात्रालाई प्याड बनाउने तालिम दियौं। यसले गर्दा उनीहरुमा सीपको विकास पनि भएको छ । महिनावारी भएको बेला विद्यालय नआउने बाध्यताको पनि अन्त्य भएको छ।'

विद्यालयमा निशुल्क प्याड उपलब्ध भएपछि सजिलो भएको छात्रा पशुपति बिष्टले बताइन्।उनले भनिन्, 'गाउँमा सेनेटरी प्याड किन्न पनि नपाइने। महिनावारी भएको बेला विद्यालय छुट्ने गर्दथ्यो। अहिले विद्यालय सेनेटरी प्याड वितरण गरेपछि सजिलो भएको छ।'

विद्यालयमा सेनेटरी प्याड व्यवस्थापनका लागि छात्रामैत्री शौचालय निर्माण गरिएको र प्रत्येक महिना छात्रालाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्ने योजना बनाएका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए।

महिनावारी भएको बेलामा सेनेटरी प्याड प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो भएको स्वास्थ्य कार्यालय बैतडीकी प्रमुख निशा जोशीले बताइन्। विद्यालयले छात्रालाई निशुल्क प्याड वितरण गर्नु निकै राम्रो कुरा भएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.