जर्मनीको कम्युनिस्ट पार्टीले राख्यो विप्लव फुकुवाको माग
काठमाडौं : जर्मनीको मार्क्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलपीडी)ले नेपाल सरकार समक्ष प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई फुकुवा गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै एमएलपीडीले प्रतिबन्धको विरोध गरेको हो।
मोनिका गार्टनेर—एन्जेल/सीसीका नामबाट १३ जुनमा उक्त पत्र नेपालका प्रधानमन्त्रीलाई पठाइएको छ। ‘हामी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दछौं। तपाईलाई यस निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौं र हामीलाई थप औचित्य उपलब्ध गराइदिन समेत अनुरोध गर्दछौं’ प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भनिएको छ।