गुठी विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको समर्थन
काठमाडौं : नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको गुठी सम्बन्धि विधेयकलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको छ। कांग्रेस संसदीय दलले गुठीसँग सम्बन्धित विज्ञ, गुठियार प्रतिनिधि तथा सरोकारवालाहरूसँग बैठक बसेर कांग्रेसले यस्तो आग्रह गरेको हो।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै गुठी विद्येयकविरुद्ध भएको आन्दोलनलाई कांग्रेस संसदीय दलले अझ शसक्त दबाब सृजना गर्न पूर्ण समर्थन गर्ने जनाएका छन्।
गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको कांग्रेसको ठहर छ। यो विधेयक नेपालको संविधानको प्रावधान र व्यवस्थाको प्रतिकूल रहेको जारी विज्ञप्तिमा उल्लेख छ।