बारीमै सड्यो आल्चा
उदयपुर : लिम्चुङबुङ गाउँपालिका ३ वारह मिसुङटार पुग्दा यो समय जो कोहीलाई अनौठो लाग्नसक्छ। बारी र आँगन भरी गर्मीमा पाक्ने आल्चा त्यतिकै छरिएका देखिन्छन्। बजारमा राम्रो मुल्यमा बिक्री हुने आल्चा त्यत्तिकै आँगन र बारीभरी छरिँदा किन सदुपयोग भएन ? धेरैले प्रश्न पनि गर्छन्। तर, यस क्षेत्रका किसानको समस्या अर्कै छ।
विगत दुई दसकयता आल्चा खेती लगाएर गाउँघरमा बस्दै आएका स्थानीयले बजार नपाउँदा वर्षेनी आल्चा खेती त्यसै सडाउन बाध्य छन्। बजारका लागि उनीहरू झन्डै ६० किलोमिटर पश्चिम मुर्कुची र ८५ किलोमिटर सदरमुकाम गाईघाट धाउनु पर्ने बाध्यता छ। त्यो उनीहरूका लागि सहज छैन। प्रतिव्यक्ति ७ सय रुपैयाँ भाडा तिरेर गाईघाटसम्मको यात्रा गर्ने उनीहरूका लागि उत्पादित फलपूmल बजार पु¥याएर बिक्री गर्ने सामथ्र्य छैन।
‘गाडी खचाखच भरिएका कारण आधाभन्दा बढी चेप्टिएर, फुटेर, कुहिएर नष्ट हुन्छ’, मिसुङटारकी अप्सरा सुवेदीले भनिन्, ‘क्यारेट र कार्टुनमा लगे केही बचाउन सकिन्छ, त्यो नभएपछि बोरामा लैजाँदा सबै फुटेर नष्ट हुन्छ। ’ एकातिर गाडी भाडा महंगो छ भने अर्कोतर्फ बिग्रन्छ। समयमा बिक्री भएन भने अझ घाटामा जाने उनको भनाइ छ। गाउँपालिकाले किसानको सहजताका लागि सहुलियतमा गाडी उपलब्ध गराई उत्पादित वस्तु बजारसम्म पु¥याउन सके बिक्रीमा समस्या नहुने उनले बताइन्। आल्चाव्यवसायी उत्तम खत्रीले दुःख गरेको ज्यालासमेत नआउने भएकाले आगामी वर्ष आल्चाको रुख फेदैमा काट्ने सोच बनाएको दुःखेसो पोखे।
बिक्री नभएपछि पाहुना र गाउँ घुम्न आएकाले सित्तैमा लैजाने गरेको उनको भनाइ छ। ‘कतिपयले १ बोरा टिपेर इच्छाअनुसार ५०/१०० दिन्छन्’, उनले थपे, ‘धेरैजसोले सित्तैमा खाने र लैजाने गरेका छन्। ’ भूइँमा छरिएर, कुहेर नष्ट भएको स्थानीयको भनाइ छ। ‘पैसा माग्दैनौं, जति दिन्छन् त्यति हात थाप्छौं’, खत्रीले सुनाए। आल्चा प्रतिबोट २ सय केजीसम्म फल्ने गर्दछ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भने कृषकको समस्यालाई मध्यनजर गरी यथाशिघ्र बजारीकरणको व्यवस्था मिलाइने बताए। उनले कृषि पेसामा आकर्षित र प्रोत्साहन गर्ने पालिकाको नीति भएकाले कृषकको मागलाई सम्बोधन गरिने जानकारी दिए। उत्पादन हुँदा प्रतिबोट दुई सयदेखि तीन सय केजीसम्म हुने स्थानीयको भनाइ छ।