प्रदेश-२ का सांसदलाई तीन करोड
जनकपुर : प्रदेश-२ का संसदले निर्वाचन क्षेत्र विकास कोष कार्यक्रममार्फत तीन कारोड रुपैयाँ पाउने भएको छ। आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सांसदका लागि तीन करोड छुट्याइएको हो।
आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको ३८ अर्ब ७२ करोड ५६ लाख बजेटमार्फत सांसदले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि तीन करोड रुपैयाँ बजेट पाउने भएका हुन्।
यसअघि प्रदेश-२ का सांसदले आफ्नो क्षेत्रका जनताको अपेक्षा पूर्तिका लागि बजेट पाउनुपर्ने माग गरेका थिए।