माथिल्लो मर्स्याङ्दी–२ को तीन महिनाभित्र पीडीए

माथिल्लो मर्स्याङ्दी–२ को तीन महिनाभित्र पीडीए

बेसीसहर : बहुचर्चित माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजनाको आयोजना विकास सम्झौता (पीडीए) तीन महिनाभित्र हुने भएको छ। पीडीए सकेर अन्य प्रक्रिया सुरु गरिने लगानी बोर्डले जनाएको छ। पीडीएमा ढिलाइ हुँदा परियोजनाको काम अघि बढ्न सकेको छैन्। स्थानीय अन्योलमा परेका छन्।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अघिकारीले तीन महिनाभित्र पीडीए सकिने दावी गरेका छन्। परियोजनाबारे लगानी बोर्डले लमजुङ र मनाङमा गरेको अन्र्तक्रिया कार्यक्रममा अधिकारीले यस्तो दावी गरेका हुन्।

पीडीएपछि विद्युत् खरिद सम्झौता (पीपीए), जेनेरेसन लाइसेन्सका प्रक्रिया अघि बढ्ने लगानी बोर्डका सहसचिव विदुरराज गौतमले बताए। यसअघिका वातावरणीय प्रभाव मुल्यांकन, विस्तृत आयोजना प्रतिवेदन काम नलाग्ने भएकाले यसलाई पुनःनिर्माण गर्नुपर्ने गौतमले बताए। भारतीय कम्पनीले निर्माण गर्न नसकेपछि प्रस्तावित ६ सय मेगावाट क्षमताको यो परियोजना चिनियाँ कम्पनीले जिम्मा लिएको छ। चिनियाँ कम्पनीले जिम्मा लिएको १ वर्षसम्म पनि पीडीए हुन नसकेको हो। २ सय मेगावाट माथिका आयोजना निर्माणका लागि लगानी बोर्डको सहजीकरणमा पीडीए गरिनुपर्छ।

भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जीले १ दशक ‘होल्ड’ गरेको आयोजना गत वर्ष असार ६ गते प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा चिनियाँ कम्पनीले लगानी गर्ने लिखित सम्झौता भएको थियो। प्रधानमन्त्री ओली चीन जानुअघि जीएमआर समूहको हिमताल हाइड्रोपावर कम्पनीसँग बुटवल पावर कम्पनी (बीपीसी) ले उक्त परियोजनाको लाइसेन्स किनेको हो।

६ सय मेगावाटका लागि ६ वटा टर्बाइन जडान गरिनेगरि अध्ययन गरिएकोमा अहिले ३२१ मेगावाटको निर्माण गर्ने प्रस्ताव अघि सारिएको छ। आयोजनामा अब ३ टर्बाइन हुने छन्। परियोजनाको प्रवद्र्धकमा बुटवल पावर लिमिटेड, एससीआईजी नेपाल साथै चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, सिङचेङ इन्टरनेसनल र क्युवाईईसी इन्टरनेसनल रहेको लगानी बोर्डले जनाएको छ। परियोजनामा बीपीसीको १९ दशमलव ४ प्रतिशत र बाँकी चिनियाँ कम्पनीको सेयर हुने गरी सम्झौता छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले निर्माण सुरु भएको ५ वर्षभित्र परियोजनाको निर्माण कार्य सक्ने गरी अध्ययन हुने बताए। ‘एक दशकसम्म काम हुन सकेन’, उनले भने, ‘अब जतिसक्दो छिटो पीडीए गरी काम अघि बढाउँछौं।’ मनाङको नासों गाउँपालिकाको सिरानतालमा बाँध बाँधेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङको स्याँगे नजिकै पावर हाउस निर्माण हुनेछ। ग्रेसहेड ७४४ मिटर रहेको छ। परियोजना निर्माणमा करिब ६० अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। यसअघि ६ सय मेगावाट हुँदा ८४ अर्ब ९६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.