घरघरमा गोबर ग्यास प्लान्ट

घरघरमा गोबर ग्यास प्लान्ट

बर्दिबास : ‘दाउरा लिन जंगल जानु पर्दैन। गाईभैंसीको गोबर घोल्छु, ग्यास बलिहाल्छ। सजिलो भएको छ’, महोत्तरी बर्दिबास नगरपालिका–८ हात्तिलेट लोपचन टोलकी ४७ बर्षीय गोलीयादेवी राम (चमार) भन्छिन्, ‘दाउरामा खाना पकाउँदा धुँवाले घर कालो हुन्थ्यो। झण्झट र कठिन पनि हुन्थ्यो। ग्यास चलाउन थालेपछि त्यस्तो समस्या छैन।’

गोलीयाको घर हात्तिलेटस्थित सागरनाथ जंगल नजिकै छ। नौ जनाको परिवार छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल खुमलटार काठमाडौंको अनुदानमा उनले आगनमा गोबर ग्यास प्लान्ट जडान गरेकी हुन्। चार घनमिटरको ग्यास प्लान्टले उनको जीवनमा खुसी ल्याइदिएको छ। अहिले उनी प्लान्टमा दैनिक गोबर हाल्न संकलन गर्छिन्। त्यसै खेर जाने गाईभैंसीको गोबर उपयोगमा आएको छ।

गोलीयाको छिमेकी ३५ बर्षीया पवित्रस्देवी महराको घरमा पनि गोबर ग्यास जडान गर्ने तयारी छ। त्यसपछि उनले पालेका चारवटा राँगाको गोबरबाट ग्यास प्लान्टमार्फत वैकल्कि उर्जा उत्पादन हुनेछ। ‘जंगलमा दाउरा कममात्रै पाउन थालिएको छ। फडानीले जंगल उजाड भइसकेको छ’, पवित्रीले भनिन्, ‘फेरी बर्षामा दाउरा भिजेर आगो बाल्न समस्या हुन्थ्यो। अब त्यो दुःख गोबर ग्याँसले हटाउँछ भन्ने आस छ।’

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपालको तीन करोड लगानीमा प्रदेश २ मा एकै साथ दलित परिवारको घरघरमा पाँच सय ३४ थान गोबर ग्यास प्लान्ट निर्माण भइरहेका छन्। खाना पकाउन जंगलमा दाउरा लिन जानुपर्ने बाध्यता अन्त्य गर्न चुरे क्षेत्र आसपासका गरिव दलितको घरमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो। आविस्कार इनर्जी कम्पनी बर्दिबास महोत्तरी, राजधानी उर्जा विकास कम्पनी लालबन्दी सर्लाही र शोभा गोबर ग्यास प्रा.लि. निजगढ बाराले अभियानकै रुपमा ग्यास प्लान्ट निर्माण गर्ने जम्मा पाएका छन्।

असारभित्र सम्पूर्ण प्लान सञ्चालन हुने आविस्कार इनर्जी कम्पनी बर्दिबास महोत्तरीका प्रमुख तिलक श्रेष्ठले जानकारी दिए। ‘गोबर ग्यास सञ्चालनमा आएपछी दैनिक २१ हजार तीन सय ६० किलो दाउरा खप्त घट्ने छ’, उनले भने, ‘वन त जोगिनै भयो। प्लान्टबाट निस्किेका गोबर पुनः खेतमा मलको रुपमा प्रयोग गर्न पनि सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.